सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हे निद्रा देवी नमो नम:

जीवनका दिनहरूलाई आनन्द दिलाउँछ। वृद्धजनका थाकेका गोडा सुम्सुम्याउँछ। चर्को झगडा, उग्र क्रोध समेत भूलाउँछ मुटु मुटुबीच ठोकिएका किला हटाउंँछ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

निद्राको अँगालोमा
बाँधिन सबै आतूर,
दिन्छ शान्ति भरपूर
के मालिक के मजदूर
धनीलाई कोमल
डसना पनि बिझाउँछ
गरीब नीलो आकाशमुनि
पनि निदाउँछ।१।

निद्राले मिठो सपनाको
संसार सजाउँछ
कल्पनामा पनि नपुगेका
लोक घुमाउँछ
जागा हुदा फूर्ति, उमंग
र जोश बढाउँछ
निद्राको महिमा अपार
अदृश्य देखाउँछ।२।

दिनभरिका आवेग व्यथा
सबै बिर्साउँछ
उत्साह उमंग भरेर
बिहानीमा उठाउँछ
शक्ति गर्दछ संचित
ऊर्जावान बनाउँछ
थाकेको काँधबाट दुखको
डोको समाउँछ।३।

जीवनका दिनहरूलाई
आनन्द दिलाउँछ।
वृद्धजनका थाकेका
गोडा सुम्सुम्याउँछ।
चर्को झगडा, उग्र क्रोध
समेत भूलाउँछ
मुटु मुटुबीच ठोकिएका
किला हटाउंँछ।४।

सकल जगतको प्राणतत्व
या देवी सर्वभूतेषु
निद्रारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमोनम:।।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलमको कन्तबिजोग

कलमको कन्तबिजोग

लक्ष्मण नेवटिया
भकाभक खाएर भक्का- भएछु हक्काबक्का

भकाभक खाएर भक्का- भएछु...

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

लक्ष्मण नेवटिया
उही खुट्टा तान्ने बानी

उही खुट्टा तान्ने बानी

लक्ष्मण नेवटिया
स्वनामधन्य फोटोनानन्द

स्वनामधन्य फोटोनानन्द

लक्ष्मण नेवटिया
बेइमानी

बेइमानी

बिन्दु दहाल ‘मूकदर्शक’
ह्वाँहाेरु

ह्वाँहाेरु

होम सुवेदी
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्यौपाने ‘बगर’
मिसन– ८४

मिसन– ८४

हरि कोर्काली
चाकरी

चाकरी

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x