साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे निद्रा देवी नमो नम:

जीवनका दिनहरूलाई आनन्द दिलाउँछ। वृद्धजनका थाकेका गोडा सुम्सुम्याउँछ। चर्को झगडा, उग्र क्रोध समेत भूलाउँछ मुटु मुटुबीच ठोकिएका किला हटाउंँछ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

निद्राको अँगालोमा
बाँधिन सबै आतूर,
दिन्छ शान्ति भरपूर
के मालिक के मजदूर
धनीलाई कोमल
डसना पनि बिझाउँछ
गरीब नीलो आकाशमुनि
पनि निदाउँछ।१।

निद्राले मिठो सपनाको
संसार सजाउँछ
कल्पनामा पनि नपुगेका
लोक घुमाउँछ
जागा हुदा फूर्ति, उमंग
र जोश बढाउँछ
निद्राको महिमा अपार
अदृश्य देखाउँछ।२।

दिनभरिका आवेग व्यथा
सबै बिर्साउँछ
उत्साह उमंग भरेर
बिहानीमा उठाउँछ
शक्ति गर्दछ संचित
ऊर्जावान बनाउँछ
थाकेको काँधबाट दुखको
डोको समाउँछ।३।

जीवनका दिनहरूलाई
आनन्द दिलाउँछ।
वृद्धजनका थाकेका
गोडा सुम्सुम्याउँछ।
चर्को झगडा, उग्र क्रोध
समेत भूलाउँछ
मुटु मुटुबीच ठोकिएका
किला हटाउंँछ।४।

सकल जगतको प्राणतत्व
या देवी सर्वभूतेषु
निद्रारूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमोनम:।।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x