हरि वंदीडलर देवी भव:
उपत्यकाभित्र रिपोर्ट सहित पुनः फिरे पछि टेलिभिजनको स्विच अन गर्दा गायकहरूको टोलीले गाएको अतिथि देवो भवः' को मधुर सङ्गीत सुन्दा सोच्न पुगें - त्यो गीतमा 'अतिथि' को सट्टा 'डलर' राखिदिए हुन्न र ?

हरि वंदी :
आजीवन उपत्यका नछोडेको मैले यो पर्यटन वर्षमा ठूलो हर्षले थानकोट नाघ्ने योजना बनाएँ । त्यो पनि एउटा अन्तर्राष्ट्रिय दातृ संस्थाको अनुदान सहयोगमा आएको वैदेशिकस्तरको दैनिक भत्ता- नाम चलेको ‘एन जी ओ’ मार्फत खाएर । काम भने कण्डोममय थियो । अर्थात् सार्वजनिक सेवा पुऱ्याई रहेका ‘चेलीबेटी’ हरूलाई कण्डोमको महान् उपादेयता तथा महिमा बखान गर्दै कण्डोमका पोकाहरू प्रदान गर्नु । यस कार्यमा सर्वाङ्ग उदाङ्ग पारिसकेका चेलीबेटीहरूको गोप्यता भने भङ्ग गर्न नहुने आदेश दाताको रहेको थियो ।
सो बमोजिम तोकिएको ‘यौन आमोद प्रमोद शाला’ तर्फ खटिएँ । (मान हानी हुने भएकोले स्थान आदि गोप्य राख्न विवश छु) जहाँ पुगें त्यहाँ चार रात चेलीबेटीहरूको खोजीमा घर, गल्ली, होटल, अतिथिशाला सारा चहार्दा पनि यौन व्यापारीहरूको कुनै अत्तोपत्तो कुनै सुईंको पटक्क पाउन सकिन । ग्राहकको नाटक गरेर त्यो ‘नेपथ्य’ भित्र धूमधडाका साथ खोजी पस्दा गोजीको एकचौथाई भ्रमण भत्ता स्वाभाविक रूपमा स्वाहा भयो । चेलीबेटीको अस्तित्व भने एकदम नदारद । अन्त्यमा डलरको दुरुपयोग पो हुने भो क्या फसाद् भन्ने चिन्ताले सताउन थाल्यो । दुई रातको अर्को प्रयास पश्चात् एउटा बुलन्द आइडिया दिमागमा फुर्यो – विदेशी दाताहरूलाई
काम तिल जत्रो ताड जत्रो चाहिन्छ । रिपाेटकाे अाधारमा नै कुनै काम टोपोग्राफी जटिल हुन्छ ।
दाताको काम तिल जत्रो किन नहोस् रिपोर्ट भने ते ताड जत्रो चाहिन्छ । रिपोर्टको आधारमा नो नै कुनै कामको मूल्याङ्कन हुन्छ । टोपोग्राफी जटिल भएको मुलुक नेपालमा कोत रिपोर्ट नै दाताहरूका लागि बाइबल समान हुन्छ । तसर्थ मनले आफैलाई भन्यो- मूर्ख । बुद्धि लगा। बुलन्द रिपोर्ट तुरून्त तयार पार्।
अनि त के थियो र । एक बोटल खुकुरी रम अघिल्तिर राखेर न टुकीको उज्यालोमा रिपोर्ट लेख्न बसें घुँडा धसेर ।
रिपोर्टमा अमुक स्थानमा अमुक उमेरका यति चेलीबेटीहरूको यौन व्यवहार यति प्रकारको भनेर पूरा नालिबेलीको ठूलो ढड्डीको तथ्याङ्क सङ्कलनको विस्तृत विवरण तयारी भएछ – रातभरिमा । बिहानीपख भाले बास्दा भुसुक्कै निदाएछु । सपनामा देखें – पर्यटन वर्षको उपलक्ष्यमा चेलीबेटी माथि गहन अनुसन्धान कार्य गरे बापत रिसर्च स्कलरको अवार्ड पाएर न्युयोर्क सहर घुम्दै रम्दै आखिरमा झसङ्ग व्यूँझंदा रेलिमाइ लजको डुङ्ग गन्हाउने ओछ्यानमा पो छु ।
उपत्यकाभित्र रिपोर्ट सहित पुनः फिरे पछि टेलिभिजनको स्विच अन गर्दा गायकहरूको टोलीले गाएको अतिथि देवो भवः’ को मधुर सङ्गीत सुन्दा सोच्न पुगें – त्यो गीतमा ‘अतिथि’ को सट्टा ‘डलर’ राखिदिए हुन्न र ?
०००
मधुपर्क (२०५४ भदाै)
Subscribe
Login
0 Comments
Oldest







































