साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रा मान्छे

अस्तव्यस्त भाछ देश खानेपिउने हाेड उत्पादन छैन केही आयातमा जाेड घरभित्र बाघ बन्छ बाहिर म्याउँ धेर यस्तै हेर्ने यस्तै सहने कहिलेसम्म हाे र ?

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

घुस जुस चपाउने कति राम्रा मान्छे
पैसा दिने पद लिने आहा हाम्रा मान्छे
सत्तासीन रहेसम्म सबै ठिक ठाक
ओर्लेपछि डुक्रिरहने खानका यी काल

जे जे भन्छ हवस् हजुर हवस् गीता गाउने
नीति नियम खाेज्नेलाई घाेक्रेठ्याक लाउने
मै हुँ जान्ने मै हुँ सुन्ने मूर्ख अरू सबै
रिन बाेकी रमाउने जनता जाबाे बबुरै

लुलाे भयाे कूटनीति भ्रष्ट दरा दरा
ढाँटी छली बाँडीचुँडी खाए देश सारा
सुकाए आमाकाे जिउ शासक माेटाए
साँधकिल्ला कटाए सन्ततिलाई रुवाए

चर्को हाेडबाजी छ युवा पारि पठाउने
क्यै खेताला राख्ने हाे चुनाव जिताउने
साेझा सादा जनता टेढै टेढा शासक
उठे हुने जनता अब बेला भा छ त

बाल्नुपर्ने ज्वालामुखी विद्रोहीकाे नाता
बेला छँदै मेला पस्न अघि सरौं जनता
राल काढ्ने हात थाप्ने त्यागौं लुसाे बानी
पौरख बाँच्ने पुर्खाका सन्तान रे हामी !

गफ दिने स्वाधीनकाे भात मागी खाने
श्रमसिप विदेशीलाई सस्तै बेचिदिने
ठुला कुरा सस्ता गफ राम्रा हाम्रा मान्छे
यता उता चारैतिर ढुक्न जान्ने भान्छे

गरिबीको खेती लाउने सीमापारि बारी
रिन थपी देशमाथि श्रीमतीलाई सारी
आजीवन व्याज खाने भकाराका साँढे
बाउकै बिर्ता ठाने यिनले देश पनि बाँडे

देश ढाँट्ने माटाे छल्ने सिप भाका मान्छे
आफै खाने आफै लाउने कस्ता हाम्रा भान्छे
सुर्ता पिर अभिनय गाेही वृत्ति भाका
देखाउने दाँत बाहिर भित्र अर्कै लाका

अन्यायकाे जालाे च्यात्ने बेला भएन र
यता उता अँध्यारै छ थिचाेमिचाे ज्यादै
सँगै जुट्ने अघि बढ्ने हामी आफै हैन
साेधी खाेजी नगरी उज्यालाे हुन्छ र ?

अस्तव्यस्त भाछ देश खानेपिउने हाेड
उत्पादन छैन केही आयातमा जाेड
घरभित्र बाघ बन्छ बाहिर म्याउँ धेर
यस्तै हेर्ने यस्तै सहने कहिलेसम्म हाे र ?

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x