साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘आधा सत्य आधा भ्रम’

कमिलाको प्वाँख पलाएपछि नाँच्न स्टेज चढ्छ अरे, गोरु खोज्ने बेला गाई भिरबाट हाम्फाल्छ अरे, पखाला लाग्नेबेला कुकुरले धार्नी घिउ चप्काउछ रे भन्ने कुरा आधा सत्य आधा भ्रम हो भन्ने ठहर गर्दै....।

Nepal Telecom ad

अर्जुन दाहाल :

नेपालमा बहुप्रतिभाशाली मान्छेहरु जम्मा तीन जना रहेछन्। आकाश सपुत, ख प्र ओइली र कम्रेड पृ गु। यो कुरा एउटा पुस्तक विमोचन गर्न आवस्यक मान्छेको खोजी गर्ने क्रममा उनै सपुतले खुलाइदिए।

खासमा “ओइली” युवा पुस्ताका एक घनघोर प्रख्याती कमाएका नेता हुन्। उनले जेल बस्दा पनि बसमा नअटाउने गरि पुस्तक पढे, ट्रक भरिने गरि किताब लेखे, र कसैले नबुझ्ने भाषामा ग्रन्थहरु सृजना गरे।

ऊनी आकाशमा उड्दा उड्दै तल कहाँ पुगियो, को कुन पार्टीमा प्रवेश गर्यो, कस्ले कति पटक र्याप हान्यो नहेरी भनिदिन सक्ने अभूतपूर्व क्षमता राख्दछन् ।

यता आकास सपूत गायक, नायक र पायक पर्दा तिनै ओइलीको भजन गाउँन पनि खप्पिस छन्। खासमा बहुप्रतिभा हुनका लागि भजन गायन एक अनिवार्य सर्त हो, आधारभूत क्षमता हो। केही दिन पहिला उनै आकासले सिरमा टोपी लगाएर, नाकमा हल्का गाजल दलेर घमासानसँग मिडियाका अगाडि नै ओइली भजन गाए जस्ले हाल विश्वभर कम्पन दिइरहेको छ।

अर्का बहुप्रतिभाशाली मान्छे चाहिँ कम्रेड पृगु हुन् भनेर मलाई दिएको जानकारी अनुसार माथि उल्लेख त गरें तर मैले कुनै सुगन्ध पाएको छैन । उनी प्रहरी प्रमुखको मुख भित्र रहेको एक मात्र अत्यावश्यक जिब्रो थुत्न उक्साउने महान वैज्ञानिक हुन् कि भन्ने आधा भ्रम बाँकी नै छ।

कमिलाको प्वाँख पलाएपछि नाँच्न स्टेज चढ्छ अरे, गोरु खोज्ने बेला गाई भिरबाट हाम्फाल्छ अरे, पखाला लाग्नेबेला कुकुरले धार्नी घिउ चप्काउछ रे भन्ने कुरा आधा सत्य आधा भ्रम हो भन्ने ठहर गर्दै….।

क्रमशः … अर्को हप्ता ।

०००
व्यङ्ग्य लेखक दाहाल ‘नुन चिनी पानी अमेरिका’ का परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x