साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म व्यक्ति पूजक

अपराधै अपराधमा पुरिएकाे घिनैघिनले धुरिएकाे अहिलेकाे त कति जाति सबैभन्दा उही नै माथि उस्लाई शब्दकाे सुन्दर चाैरमा तानीरहेछु अरुका बेठीक बेठीक बटुलेर हानीरहेछु ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

केही ठिक पनि छन्
केही बेठिक पनि छन्
म बेठिक बेठिक बटुलेर
झटाराे हानीरहेछु
ठिकलाई ठिक भन्न गाह्राे मानिरहेछु ।

व्यक्तिवादकाे आकर्षण नै डरलाग्दाे हुँदाेरहेछ
आँखालाई माेहनीले छुँदाेरहेछ
कसैले च्वास्स बिराेध गर्याेभने
क्वाप्प काेपराैं जस्ताे
जानेजति फाेहरी शब्दहरु उसैमा थाेपराैें जस्ताे
मायामा अल्झिएकाे तन्नेरी झैं
उसका सबै प्यारा मानिरहेछु
अरुका बेठीक बेठीक बटुलेर झटाराे हानिरहेछु ।

कुनै दिन पूर्वकाे छाेडेर
अर्काेमा टाँसिन पुग्छु
पहिलाकाे सेखी झार्न
अर्काेमा गाँसिन पुग्छु
पहिलाकाे त कति घिनलाग्दाे
अपराधै अपराधमा पुरिएकाे
घिनैघिनले धुरिएकाे
अहिलेकाे त कति जाति
सबैभन्दा उही नै माथि
उस्लाई शब्दकाे सुन्दर चाैरमा तानिरहेछु
अरुका बेठीक बेठीक बटुलेर हानिरहेछु ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x