हरि वंदीट्याक्स फ्री आलु
झोला देख्नेवित्तिकै साहूजीलाई अनुमान भयो होला, साहूजीले सहर्ष थम्याइदिए मेरा हत्केलामा दुई सय सत्तरी रुपियाँ । साथमा यो आश्वासन पनि दिए-"हजुरलाई फेरि चाहिए, तीन सय रुपियाँमा म टक्याउँला ।"

हरि वंदी :
ठूलोबडो हुँ भन्नेहरू अरू कुराको उद्घाटन गर्छन्, मैले वहेको रहस्य उद्घाटन गर्न थाल्दै छु । त्यो हो मेरो नवीनतम फूल ढिको न्वारन म आफै गर्दै छ- ‘जोनी’ अर्थात् ‘जोनी मेरो नाम’ । कर छँदै छ दिनहुँ पैदल अफिस ओहोरदोहोर मेरो काम ।
प्रेरणा ठूलाबडालाई मात्र होइन, भारेभुरेलाई पनि चाहिन्छ । जाेनी काे प्रेरणा मलाई कहाँबाट जुर्यो भने हालसालै म एउटो अन्तर्राष्ट्रिय तालिममा समुद्रपार तरेथेँ। कहाँ भनेर नाउँचाहिँ नबताऊं किनभने तपाईंलाई डाढोले डल्ल्याउनेछ- “यो मोरो विदेश जाने, यसको विदेशयात्राको बयान नरकतुल्य डेराेको छिंडीमा बसेर किन पढ्ने ? भनेर । कुरो ठीक हो । किरिया खाइदिऊँ ? कसको नाउँमा खाइदिऊँ ईश्वर म मान्दिनँ । जोनीवाकरलाई मान्छु । किनभने जाेनीवाकरको बोतलले तत्काल मेरो जटिल समस्या सुल्झाइदिएको छ। यसको तस्कर गर्ने प्रेरणा मलाई मिलेको छ- ईश्वर, ‘जोनीवाकर’ को पूरा एक लिटर भरी छ । यसले दुई रुपियाँको हाहाकार परिरहेको बेला मेरो हत्केलामा पूरा दुई सय सत्तरीको नोट थन्क्याइदियो ।
कुरा उठेको छ- प्रेरणाको । तालिम त बहाना मात्र थियो, हाकिमको कानमा यो कुरा कृपया नपुगोस् । वेकामको मान्छे भनेर रिजर्भ पुलतिर हिँडाइनेछु। दिनरात गुज्रेको थियो- कसरी डलर बचाउने भनेर । यो चिन्तैचिन्ताको भुमरीमा प्रोफेसरको एउटै वाक्य कानमा भनक परेको थियो- “सम जोनिज आर सेन्ट टु फोरेन कन्ट्रिज इन पेड होलिडेज ।” यी ‘सम जोनिज’ मा ‘कम’ गर्ने एउटा जोनी त्यहाँ म मौजुद थिएँ ।
प्रोफेसरको त्यो घुर्येत्रोहिर्काइलाई मैले कसरी प्रमाणित गरें भने बैइकको ‘ड्युटी फ्री सप’ मा (रहस्य उद्घाटन गर्दै छु- कृपया कल्पनाको पानस ठीक पार्नुहोला) अन्तिम बचेको अमूल्य सात डलरले एक लिटर ‘जोनीवाकर’ किन्न कसोकसो सफल भएँ । अहा ! कस्तो मेरो योजना ! त्यो तुरेको डलरले जोनीवाकर पनि भ्याएँ !
आखिर जोनीवाकरलाई जेटबाट दुई घण्टा पचास मिनेटभित्र वाक गराई म स्वदेश उत्रें । अनि येनकेन भन्सारको बेग्लै संसारबाट वाहिर उछिट्टिएपछि म घर पुगें- यो पनि भनिहालूँ – परिवारको अपार सुखसागरमा डुवें । एकैछिनमा झल्याँस्स ब्यूँतन पो पुगें, जब श्रीमतीले सूचीको सूचना दिइन्- आज भरेलाई नै पनि चामलको गेडा छैन, आलुको डल्ला छैन । यो छैन, त्यो छैन, यस्ता कैयौं ‘छैन’ माथि छानविन अनुसन्धानको एक व्यक्ति कमिसन खडा नगरी पत्नीभक्त पतिको अनुशासन राखी म ट्याक्स फ्री झोलाभित्र घुसारी अघि त्यो जेटयात्रा गर्ने वाकरलाई साँच्चीकै वाक गराउँदै लुरुलुरु हिंडें म एउटा वानेश्वरको कोल्ड स्टोरकहाँ ! झोला देख्नेवित्तिकै साहूजीलाई अनुमान भयो होला, साहूजीले सहर्ष थम्याइदिए मेरा हत्केलामा दुई सय सत्तरी रुपियाँ । साथमा यो आश्वासन पनि दिए-“हजुरलाई फेरि चाहिए, तीन सय रुपियाँमा म टक्याउँला ।”
तर मलाई ‘जोनीवाकर’ होइन, ‘आलुवाकर’ टक्याउने खाँचो थियो र डेढ धार्नी आलुले ट्याक्स फ्री सप्सको झोला भरेर म विर्को खोलिएको स्वयं ‘जोनीवाकर’ विस्तारविस्तार घरतिर बाटोमा पोखिदै-पोखिदै फर्कदै थिएँ ।
०००
उल्टाे पट्टि (२०६०)
Subscribe
Login
0 Comments
Oldest







































