साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्याक्स फ्री आलु

झोला देख्नेवित्तिकै साहूजीलाई अनुमान भयो होला, साहूजीले सहर्ष थम्याइदिए मेरा हत्केलामा दुई सय सत्तरी रुपियाँ । साथमा यो आश्वासन पनि दिए-"हजुरलाई फेरि चाहिए, तीन सय रुपियाँमा म टक्याउँला ।"

Nepal Telecom ad

हरि वंदी :

ठूलोबडो हुँ भन्नेहरू अरू कुराको उद्घाटन गर्छन्, मैले वहेको रहस्य उ‌द्घाटन गर्न थाल्दै छु । त्यो हो मेरो नवीनतम फूल ढिको न्वारन म आफै गर्दै छ- ‘जोनी’ अर्थात् ‘जोनी मेरो नाम’ । कर छँदै छ दिनहुँ पैदल अफिस ओहोरदोहोर मेरो काम ।

प्रेरणा ठूलाबडालाई मात्र होइन, भारेभुरेलाई पनि चाहिन्छ । जाेनी काे प्रेरणा मलाई कहाँबाट जुर्यो भने हालसालै म एउटो अन्तर्राष्ट्रिय तालिममा समुद्रपार तरेथेँ। कहाँ भनेर नाउँचाहिँ नबताऊं किनभने तपाईंलाई डाढोले डल्ल्याउनेछ- “यो मोरो विदेश जाने, यसको विदेशयात्राको बयान नरकतुल्य डेराेको छिंडीमा बसेर किन पढ्ने ? भनेर । कुरो ठीक हो । किरिया खाइदिऊँ ? कसको नाउँमा खाइदिऊँ ईश्वर म मान्दिनँ । जोनीवाकरलाई मान्छु । किनभने जाेनीवाकरको बोतलले तत्काल मेरो जटिल समस्या सुल्झाइदिएको छ। यसको तस्कर गर्ने प्रेरणा मलाई मिलेको छ- ईश्वर, ‘जोनीवाकर’ को पूरा एक लिटर भरी छ । यसले दुई रुपियाँको हाहाकार परिरहेको बेला मेरो हत्केलामा पूरा दुई सय सत्तरीको नोट थन्क्याइदियो ।

कुरा उठेको छ- प्रेरणाको । तालिम त बहाना मात्र थियो, हाकिमको कानमा यो कुरा कृपया नपुगोस् । वेकामको मान्छे भनेर रिजर्भ पुलतिर हिँडाइनेछु। दिनरात गुज्रेको थियो- कसरी डलर बचाउने भनेर । यो चिन्तैचिन्ताको भुमरीमा प्रोफेसरको एउटै वाक्य कानमा भनक परेको थियो- “सम जोनिज आर सेन्ट टु फोरेन कन्ट्रिज इन पेड होलिडेज ।” यी ‘सम जोनिज’ मा ‘कम’ गर्ने एउटा जोनी त्यहाँ म मौजुद थिएँ ।

प्रोफेसरको त्यो घुर्येत्रोहिर्काइलाई मैले कसरी प्रमाणित गरें भने बैइकको ‘ड्युटी फ्री सप’ मा (रहस्य उद्घाटन गर्दै छु- कृपया कल्पनाको पानस ठीक पार्नुहोला) अन्तिम बचेको अमूल्य सात डलरले एक लिटर ‘जोनीवाकर’ किन्न कसोकसो सफल भएँ । अहा ! कस्तो मेरो योजना ! त्यो तुरेको डलरले जोनीवाकर पनि भ्याएँ !

आखिर जोनीवाकरलाई जेटबाट दुई घण्टा पचास मिनेटभित्र वाक गराई म स्वदेश उत्रें । अनि येनकेन भन्सारको बेग्लै संसारबाट वाहिर उछिट्टिएपछि म घर पुगें- यो पनि भनिहालूँ – परिवारको अपार सुखसागरमा डुवें । एकैछिनमा झल्याँस्स ब्यूँतन पो पुगें, जब श्रीमतीले सूचीको सूचना दिइन्- आज भरेलाई नै पनि चामलको गेडा छैन, आलुको डल्ला छैन । यो छैन, त्यो छैन, यस्ता कैयौं ‘छैन’ माथि छानविन अनुसन्धानको एक व्यक्ति कमिसन खडा नगरी पत्नीभक्त पतिको अनुशासन राखी म ट्याक्स फ्री झोलाभित्र घुसारी अघि त्यो जेटयात्रा गर्ने वाकरलाई साँच्चीकै वाक गराउँदै लुरुलुरु हिंडें म एउटा वानेश्वरको कोल्ड स्टोरकहाँ ! झोला देख्नेवित्तिकै साहूजीलाई अनुमान भयो होला, साहूजीले सहर्ष थम्याइदिए मेरा हत्केलामा दुई सय सत्तरी रुपियाँ । साथमा यो आश्वासन पनि दिए-“हजुरलाई फेरि चाहिए, तीन सय रुपियाँमा म टक्याउँला ।”

तर मलाई ‘जोनीवाकर’ होइन, ‘आलुवाकर’ टक्याउने खाँचो थियो र डेढ धार्नी आलुले ट्याक्स फ्री सप्सको झोला भरेर म विर्को खोलिएको स्वयं ‘जोनीवाकर’ विस्तारविस्तार घरतिर बाटोमा पोखिदै-पोखिदै फर्कदै थिएँ ।

०००
उल्टाे पट्टि (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x