साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कतै आगो दन्किएको छ

अब कोही छैन गुहार दिने सज्जन सबै छौँ असहाय एउटा गयो अर्को आउँछ उस्तै यो क्रम अटुट छ नैतिकता र इमान अब तिनमा खोजेर किन पाइन्छ ?

Nepal Telecom ad

भाउपन्थी :

कतै आगो दन्किएको छ पिरो धूँवा त्यही भन्छ
गरेको बाचामा झुट्टो आश्वान छ त्यही भन्छ
मानिसहरूको दौडभाग छ कतै केही खतरा छ
रुनेहरू रुन्छन्, लोकले हाँस्नेहरूले दिए धोका भन्छ
कसरी हुने हो जीवनको सौन्दर्य व्यक्त यसरी समाजमा
भोक र शोकले मारिएका छन् आज मानिस यहाँ
के छ कोसँग सबै नङ्गा भए, न इमान छ न विश्वास
जता गयो उतै लोभ्याउने आवरण छ भित्र खोक्रै
अब नजाऊ उता ए साथी के भर छ कुराको
भोलिलाई पर्खनै पर्दैन आजै फस्नेछौ तिमी जालमा
कसले हान्यो पिठिउँमा छुरा अनुहार देख्न नपाउँदै
हात जसको समातेर हिँडेका थियौ उसैको बुझ्नु प्रहार
समयको चरित्र छ बडो गजबको छ न्याय मूक
अदालतको ढोकैमा छ कुरेको लेनदेन नगद अपार
क्षमा रहोस् भन्दै निर्दोषले पनि विनम्रता देखाउनै पर्ने
बोल्नु के छ चुपै बसे पनि नखाएको विष लाग्ने
आफ्नो सर्वस्व समर्पण गरौँ शासक सधैँ भोका छन्
अब कोही छैन गुहार दिने सज्जन सबै छौँ असहाय
एउटा गयो अर्को आउँछ उस्तै यो क्रम अटुट छ
नैतिकता र इमान अब तिनमा खोजेर किन पाइन्छ ?

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x