साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी

राजा-महाराजाहरूले आफ्नो दरबारमा त्यस्ता विद्वान, बुद्धिजीवीहरूको सङ्ग्रह गर्थे। कसैलाई केको जागिर, कसैलाई के बिर्ता, कसैलाई कुन पद त कसैलाई मन्त्री । नेताहरू पनि खुसी हुनुपर्यो ।

Nepal Telecom ad

भाउपन्थी :

बुद्धिजीवी । बुद्धि खाने व्यक्ति माने बुद्धिजीवी होला । होइन, बुद्धि बेचेर खाने व्यवसायमा सफल व्यक्ति हो बद्धिजीवी । बुद्धि एउटा अक्षय पूँजी हो । पूँजी लगानी गर्न नजान्नेले नाफा गर्न सक्तैन । बुद्धि मात्र भएर पनि भएन । त्यसको लगानी गर्न जान्नुप-यो । राजनीतिमा नै यसको लगानी खप्दछ र यी नै यसले करामत देखाउन सक्छ ।

राजनीति र बुद्धिको मेल भएको यता कमै पाइएको छ । मेल गराउने मध्यस्थता होइन यो नि । राजनीति आफू वरिपरि बौद्धिक प्रभाव खडा गरेर हिँड्छ । त्यसैमा नाउँ पाउने प्रयास र प्रतिस्पर्धामा बुद्धिजीवी आफ्नो बुद्धिको कुशलता देखाउने गर्छ । कारण पनि के भने, राजनीतिको धाई हो बुद्धिजीवी । राजनीति भनिने मातेको बच्चोले बढी पौष्टिक दूध पाओस् भनेर बुद्धिजीवीरूपी धाईलाई राम्रो पोस हुने भत्ता दिएर पालिएको हुने रहेछ

राजनीतिअनुसार ‘बुद्धि’ हुने गर्छ। राजनीति रातो छ भने बुद्धिजीवी पनि रातो । राजनीति पहेंलो वा नीलो छ भने बुद्धिजीवी पनि त्यही अनुरूप रङ फेर्नमा निपुण । बुद्धिजीवीहरू छेपारे प्रकृतिको हुनुपयो । रङ नबदल्ने बुद्धिजीवी जिरोमै आउट । रङ बदल्न पोख्त हुने हुन्छ हिरो । यस कारण बुद्धिजीवी जिरो पनि हो र हिरो पनि । आयो त्यो राजनीति नीलो, रातो या पहेंलो भने प्रबन्धक, महाप्रबन्धक, अध्यक्ष, वा उप-कुलपति, सदस्य-सचिव, उपाध्यक्ष र सदस्यमा त्यस्तो-त्यस्तो बुद्धिजीवी आसीन । पहिलेका रङ नमिल्नेहरू ढोका बाहिर ।

ठूलो बुद्धिजीवी अर्थात् बुद्धिजीवीहरूको पनि बुद्धिजीवी त्यो हो जसले सत्तामा बस्ने कुन पार्टी हो भन्ने भविष्य बिचार्न सक्छ । विचारपछि त्यस्तै आचार पनि बनाउँछ र आचरण पनि गर्छ । त्यस्तासँग शक्निका कपटी पासा हुन्छन् पदमा बस्न पनि छ, मोटर चढ्नु पनि छ, आफ्नाहरूको उद्धार गर्न पनि छ भने र टिक्न पनि छ भने मालिक फेरिए पनि मालिकको हक नमार्ने त्यस्तो बुद्धिजीवी साबिक ठाउँमा फिट् बस्छ ।

अर्कोतिर के छ भने, नेताका छेउछाउमा जमघट लगाइ बस्ने बुद्धिजीवी पनि छन । नेता एक्लैले गर्ने के ? विनाबुद्धिजीवी नेता चलहल गर्न सक्तैन भन्ने अभियानमा चुर्लुम्म डुबेका हुन्छन् उनीहरू । नेताको भाषण लेख्नदेखि लिएर नेताको शासन चलाइदिने कामसम्म यिनी गर्न सक्छन् । नेताजीको कमेजको कुन टाँक कहिले कहाँ खुस्केको हो र किन भन्ने प्रश्नदेखि नेताले कुन मञ्चमा कुन पोशाक लगाएर कुन पोजमा उभिने भन्ने हिसाब-किताब राख्दछन् ती बुद्धिजीवीहरू ।

सही बोल्ने बुद्धिजीवीहरू फ्लप ठहर्छ त्यस्तोमा । न नेता उनीहरूलाई रुचाउँछन् न उनका चेला चाकर त्यस्तोलाई आफ्नो जमातमा ठाउँ दिन्छन् । बुद्धि भएर मात्र हुँदैन । नेताको महिमागानसँगै नेताका फेद न टुप्पाका कुराहरूलाई विराट् व्याख्या गर्नदेखि ती कुराहरूलाई बौद्धिक आवरणमा बेरेर प्रेसमा र जनतासमक्ष राख्ने कला पनि बुद्धिजीवीहरूले जानेको हुनुपर्छ ।

नेताको अवसरअनुसार बुद्धिजीवी चयन गर्ने गर्छ । थुप्रै खालका छन् बुद्धिजीवीहरू । पसारो । भिल्लका देशमा मात्र पाइने होइन कौडीको मोलमा मणि। मोलतोल गर्न जान्नुपर्छ, आफ्नै देशमा छन् बिक्न तयार कति मणिहरू । सक्कली र नक्कली भेद गर्न सक्नुपर्छ । लालसेना र शान्ति सेना जस्तो बुद्धिजीवी गुल्म तयार गर्न सकिन्छ।

बुद्धिजीवीको जातै लहरे जात हो । नेता भनिने वृक्षको सहारा नपाए भुइँमा लत्रिरहने । नेता पाएन भने भुइँ टेकिहिँड्ने, नेता पाएपछि अकास-अकास चहार्ने। यस्तो हुनु पनि पर्छ । राजा-महाराजाहरूले आफ्नो दरबारमा त्यस्ता विद्वान, बुद्धिजीवीहरूको सङ्ग्रह गर्थे। कसैलाई केको जागिर, कसैलाई के बिर्ता, कसैलाई कुन पद त कसैलाई मन्त्री । नेताहरू पनि खुसी हुनुपर्यो । सत्तामा जाऊन् हाम्रा नेताहरू-बुद्धिजीवीहरूको यही हार्दिक कामना छ ।

०००
अभिव्यक्ति : (असोज-कार्तिक २०५२) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x