साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न सीमा कतै देख्छु यो देशको म ?

म पल्टेर सोचेँ सबै दिक्क लागे उता भाग थापेँ सबै ठिक्क लागे ! म आएँ सदा शान्त सौन्दर्यभित्र उता हेर्न लागेँ अनौठो छ चित्र !!

Nepal Telecom ad

कलानिधि दाहाल :

छु संसारमा छैन संसार नै यो
म सारा छु वा सार संसारमा यो ?
हिँडेको छु ज्यादा कि ज्यादा बसेको
छु चिल्लो ललाटे खरानी घसेको ??

मलाई म नै छैन लाग्दै छु आज
न सोचेर आएँ न हुन्थ्यो समाज!
न सीमा कतै देशको साँध खोज्थेँ
न नाता र नाला कतै जान रोज्थेँ ??

हुँदा शून्य आफैँ कहाँ चाल पाएँ
नपाई नपाई धरामा उदाएँ !
थियो जिन्दगी खै कहाँ चाल पाएँ
न जानेर आफैँ यता खेल्न आएँ !!

थिए घात घाती कहाँ को चिनेँ खै
थिए स्वार्थका जात कस्ता दिने खै ?
छु स्वार्थी पलामा म घेरा घुमेको
त्यही भेट्नलाई म जिब्रो चुमेको ।।

न लाने छ केही लिएको न केही
अनाचार चारी बनेको छ देही !
कतै शुध्द खोज्दैन आचार आज
छु विक्षिप्त देख्ने म सारा समाज !!

कुटाई कुटेको उता झट्पटाई
छुटेँ छट्पटाई अझै लट्पटाई!
भएँ के म केके भएँ के भएँ भो
विचारी म डिट्ठा उता के रहेँ को ??

भए भेल भेला थियो माद मात्ने
गलामा थिचेका र गाला समात्ने !
भए वेदना दानका दर्द धारा
चुहेका बगेका थिए ती सितारा !!

म मत्ता गुडेको थिएँ एक हात्ती
विना माउतेको म नै उग्र साथी !
कहाँबाट उन्मादको माद आयो
म मान्छे सबै दानवी भाव छायो !!

म पल्टेर सोचेँ सबै दिक्क लागे
उता भाग थापेँ सबै ठिक्क लागे !
म आएँ सदा शान्त सौन्दर्यभित्र
उता हेर्न लागेँ अनौठो छ चित्र !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x