साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा आदर्शका छहारी

मान्छे अनेक हुन्छन् व्यक्तित्व भिन्न हुन्छ खोजी गरे अलग्गै देखिन्छ चिह्न हुन्छ त्यस्ताहरू भनेकै संस्कारका पुजारी हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

प्राणीहरू सबैको ऊर्जा सदैव पानी
पानीबिना कसैको चल्दैन जिन्दगानी
त्यस्तै अमूल्य बुझ्दा होला सही चिनारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

आदर्श पात्र जो छन् हाम्रो समाजभित्र
देखेर चित्त आफै तैयार कोर्न चित्र
निःस्वार्थ प्रेम गर्छन् सद्भावका भकारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

माता पिता दुवैको पाएर काख यस्तो
जो हो निवास हाम्रो लाग्दै छ स्वर्ग जस्तो
आऊन् जुनै समस्या दिन्छन् सबै लघारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

माछा नदी किनारा तड्पेर उफ्रिएझैँ
माता पिताबिना को बस्छन् यहाँ खुसीभै
सन्ताननिम्ति जो छन् जित्ने सदैव हारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

मान्छे अनेक हुन्छन् व्यक्तित्व भिन्न हुन्छ
खोजी गरे अलग्गै देखिन्छ चिह्न हुन्छ
त्यस्ताहरू भनेकै संस्कारका पुजारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।

०००
झापा, हाल बेलायत
भक्तपुर बुढ्याैैली समाजकाे छन्द अभ्यासबाट सुटुक्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x