साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रामेछापमा पुर्खाको सिर्जना लाखेनाच र गाईजात्रा

कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली अगिवले रामेछाप मन्थलीले आफ्नाे पहिचान खाेज्दै परम्परा, प्रविधि, संस्कृति रहेमा मात्र भाषाले पनि स्थान पाउने बताउनुभएको थियो।

Nepal Telecom ad

रामेछाप, २०८२ साउन २४ । मन्थली नगरपालिकामा रहेका नेवारहरूले विगत ३ वर्षदेखि पुर्खाकाे सिर्जना लाखेनाच, गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन्।

नेवाः देय् दबुकाे मन्थलीका अध्यक्ष शेखरकुमार श्रेष्ठले गणेशपूजा गरेपछि लाखेनाच नगर परिक्रमा गरेकाे थियाे । लाखेलाई उग्र रूपकाे देखाइए तापनि लाखेकाे त्यागले उनीहरू कति मायालुु र समझदार हुँदारहेछन् भन्ने लाेककथाकाे मिथक जाेडिएकाे छ । अर्काे नयाँ जुम्वा डान्सले पनि प्रदर्शनीमा प्रवेश पाएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद युवराज चाैलागाई ,रामेछाप जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य त्रैलाेक्यमान बनेपाली, रामेछाप जिल्ला मालपाेत प्रमुख सुमा श्रेष्ठ र पत्रकार कैलाशकुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्राज्ञ त्रैलोक्यमान बनेपाली अगिवले रामेछाप मन्थलीले आफ्नाे पहिचान खाेज्दै परम्परा, प्रविधि, संस्कृति रहेमा मात्र भाषाले पनि स्थान पाउने बताउनुभएको थियो। उहाँले लाखेसँगै धिमे, लालाखिं, धां, भुछ्याय्, सिछ्याय्, भुचा, कवां, खानपिन र श्रृङ्गार नाम पनि बाँचेका छन् ।त्यसैले यतातर्फ सबै जातिले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x