साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य कला सङ्गमको पुस्तक लोकार्पण कार्यक्रम

कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा एवम् दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा डा गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो ।

Nepal Telecom ad

दमक । साहित्यकला सङ्गम दमक झापाले एक भव्य कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।साहित्य कला सङ्गमका आजीवन सदस्य त्रिलोचन रेग्मीको कृति “स्मृतिमा आइरहने दिनहरु “को लोकार्पण कार्यक्रम पृथ्वी मा वि दमक ७ को हलमा भव्य रूपमा सुसम्पन्न गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा एवम् दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा डा गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो । कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र लीलाराम निरौला ले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नरपती पाण्डे, दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख, साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई, संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, द लिटरेरी भुटानका अध्यक्ष तिलक राई, मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरेको गरिमामय उपस्थिति रहेको थियो । वहाँहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो ।

यसरी नै साहित्यकारहरु दिल भुटानी, रुद्र प्रभात, हरि पराजुली, रेवती घिमिरे, विवेक दुलाल क्षेत्री, टंक पाठक, विरेन्द्र थोक्लिहाङ, दिलिप सगर राईलगायतले रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा पाठकप्रतिक्रियाका रूपमा लक्ष्मी वाग्ले रेग्मी र मेघबन्धु खनालले आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा एक सय भन्दा बढी साहित्यकार, साहित्यानुरागीहरूको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रीखोलेले राख्नु भएको थियो भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरवीर श्रेष्ठ र वहाँका टिमले प्रस्तुत गरेको थियो ।

कार्यक्रम सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।

०००
बिन्दु दाहाल मूकदर्शककाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x