साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्दे चौरको महाधिवेशन

वरपरका गाउँटोलबस्तिका दुखी पीडित रमिते वासिन्दाहरूभने माइक बजेको सुनेर आइ यस्सो हेर्दै अनुहार खुम्च्याई नाक थुन्दै थू: थू: गर्दै तत्कालै फर्किएका थिए ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

आज महाधिवेशनको दिन डुङ्डुङे खोलाछेउको गन्दे चौर उल्लासले भरिएको छ । अरूबेला देशभरिका नागरिकहरूले चुनावको डोकोलाई मत (भोट) को नाम्लो लगाई जिल्ला जिल्लाका फोहोरहरू सिंहदरबार र बानेश्वरमा लागि थुपारेजस्तै गन्देचौर वरपरका बासिन्दाहरूले सालिन्दा घरका वरका परका गोठका रोडका सिद्राका गिद्राका बारिका घारिका सारिका टारिका भएभरका अनेक फोहोर त्यही चौरमा फाल्थे । त्यही फोहोरको डुङ्गुरबाट बुङ्गुरको खोरबाट आउनेभन्दा निकै कडा गन्ध आउँथ्यो । त्यसैले त्यो चौरको न्वारान गन्दे चौर भनेर गरिएको थियो जसरी सिङ्गै देश र जनतालाई सिंहबत्सल शासन गर्नेहरूको कार्यालयलाई सिंहदरबार भनिन्छ ।

गन्दे चौरको फोहोरको डुङ्गुरमा डोजर लगाई डुङडुङे खोलाको पानीमै पुर्‍याइएको थियो अनि दुर्गन्ध महाधिवेशन स्थलमै आउन नपाओस् भनेर थोत्रा कवाडी जस्ताको अस्थायी बार बनाइएको थियो जसरी जनताको आवाज पहुँच समस्या पीडा ठाउँमा नपुगोस् भनेर अनेक नराम्रा कानून , झन्झट झमेला आदिको मेला लगाइएको हुन्छ । यता चौरमा रङ्गिचङ्गी पुरानो पाल टाँगेर गणतान्त्रिक महलजस्तै बलियो घर बनाइएको थियो जसलाई हावा आई हालेमा नउडाओस्र भनेर धर्म निरपेक्षता र सङ्घियताजस्ता मक्किएका जुइनाहरूले कसकास पारिएको थियोे । एक प्रकारले देशको महाखत्तम गणतन्त्र , सङ्घियता र नालिबासे धर्म निरपेक्षताको समस्त प्रतिकहरको सम्यक समायोजन गरि महाधिवेशन स्थल तयार पारिएको थियो । पत्रकारहरू पनि आमन्त्रित रहेछन क्यारे क्यामेराको जनै भिरेर होलिवाइनको गिलास हातमा लिएर आयोजक समितिको पद्दुआधिकारिहरूसित त्यहाँको खाना खाजाका ब्यबस्थाकासाथै गोजीले खोजी गर्ने विषयवस्तुको बारेमा सोधनी गर्दै र परमुख ब्यक्तिहरूको फोटो खिच्दैथिए ।

राष्ट्रिय चुल्ठेमुन्द्रे हुल्दङ्गा महासङ्घको महाधिवेशन को उद्घाटनको दिन आज । देशको मन्त्री हुँ भन्ने तर बिदेशको मन्त्रद्वारा मन्तृत भैरहने जनबिरोध मन्त्री पराइभक्त लम्बहस्तलाई परमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो । त्यस्तै घिचेस अतिथिका रूपमा दुशासनमन्त्री हाम्प्रसाद हसुरे आउँदैथिए । आफ्नै गिरिह जिल्ला भएकोले जनदमन मन्त्री सूर्तिकान्त धोतिलुँडेको पनि आगमन तय गरिएकोथियो । खोलाको छेउमै महाधिवेशन आयोजना गरिएको हुँदा बाढिबिजोक मन्त्री बकबकानन्द हाँडिघोप्टेको आगमन निर्धारण गरिएकोथियो । यस्तैगरी विभिन्न दलबाट जनतालाई दल्ने मिच्ने थिच्ने किच्ने काट्ने ढाँट्ने लुट्ने कुट्ने भुट्ने चुट्ने महान ठोकतान्तृक हस्तिहरू तथा त्यस्तै मिल्दोजुल्दो स्वभाव बानी ब्यहोराका सयौं ब्याक्तित्वहरू बिहान दस बजे शुरुहुने भनिएको कार्यक्रममा बेलुका आठबजेसम्म पनि आगमन हुँदै थियो।  महाधिवेशन स्थलको रौनक हेर्दा लाग्थ्यो देशभरका सबै खोलाखोल्सा भिर पहराका सम्पूर्ण भूतप्रेत पिशाच नन्दि भृङ्गी वायु डुलुवा यहिँ जम्मा भएकाछन । दिउँसो ४ बजे तिर करिब दुई दर्जन उच्च अतिथिहरू आईसकेपछि कार्यक्रम शुरुभयो ।
कार्यक्रमको शुरूवात आमन्त्रित उच्च अतिथिहरूको रोजाईको घुसगानबाट भयो जुन गानको एक टुक्रो यस्तो थियो —

मन्त्री हुन्छौं मन्त्र सुन्छौं हाम्रो आफ्नै पाराले
मतलब छैन सास्ती भोगे देशका जनता साराले
हाम्रा प्रभु बिदेशका हुन तिनैलाई मान्ने हो
सङ्कट आउला जस्तोभए उहीँ गै पाउ मोल्ने हो

खाडिमा मरकी गाडीमा मर देशका जन्ता भनाउँदा
सधैभरी खोइरो काड्छौ हाम्ले महल बनाउँदा
केलाई चाहियो तिम्लाई बिकास मरिजाने चोला हो
जे जे होला यो देशमा हाम्रैलागी होला हो

बोल्नसमेत गाह्रो पार्छौँ त्यस्तै कानुन बनाउँछौं
केही गर्न खोज्यौभने झन्झट झ्याङ्लो लगाउँछौं
कानून हाम्रै शक्ति हाम्रै कर्मचारी पुलिस
हाम्रो इच्छा नमानेमा बिना अपराध हुल्दिन्छ ।

यो गान सकिएपछि सबै अतिथि र आमन्त्रितहरूले परर्र ताली बजाए । त्यसपछि परमुख अतिथिबाट जनताको भाग्य भविष्य नामक एक अमूर्त चित्रमा आगो बालेर महाधिवेशनको उद्घाटन भयो । कार्यक्रमको सफलताको कामना गर्दै करिब पन्ध्रवटाजती बक्तव्यहरु प्रस्तुत भए । बक्तव्यहरूमा मन्तृहरू र अन्य अतिथिहरूले देशको चुनावहरूमा विभिन्न कालखण्डमा देशमा भेका शान्तिपूर्ण जुलुसमा र अनेक आरोप मुद्दा मामिलाहरूमा चुल्ठेमुन्द्रे हुल्दङ्गा महासङ्घ र तिनका सहायक सुलसुलेहरूसमेतले पुर्‍याएको योगदानको चर्चा गर्दै चुल्ठेमुन्द्रे हुन्दङ्गा महासङ्घ र त्यसका सम्पूर्ण सङ्गठन समितिहरू, तिनमा आबद्ध सम्पूर्ण होनहार युवाहरुलाई असिम अगणित धन्यवाद आभार प्रकट गर्दै महाधिवेशनको सफलताको कामना गरिरहेका सुनिन्थ्यो । उता चुल्ठेमुन्द्रे हुलदङ्गा महासङ्घका पद्दुअधिकारिहरूभने आफ्नो प्रशंसा सुन्दै आफ्नो अपरम्पार महत्त्वको आज उच्च मूल्याङ्कन भएको महसुस गर्दै मख्ख परेका देखिन्थे ।

महाधिबेशन उद्घाटनको करिब तीन घन्टा पछि पेट र इन्धनको भेट गराउने एक घण्टे छुट्टिभयो । त्यो छुट्टिमा होलिवाइनका साथमा हत्याहिंसाजन्य विभिन्न परिकारको भक्षणभयो । हेर्दा लाग्थ्यो उच्च अतिथि देखि लिएर सयौं आमन्तृत र आयोजकहरूले विदेश पलायन र बाकसमा बन्द भै आउन लाचार बिबस युवाहरूको शरीरको परिकार रमाइरमाइ खाइरहेका छन् । यस्तै क्रमले राती एक दर्जन बजे आजको उद्घाटन सत्र एकदम राम्रो रमाइलो अद्वितीय भएको भन्दै आयोजक तथा आमन्त्रितहरू पानीलौरे खुट्टाले आफ्नो आफ्नो बास तथा बाहनतिर लागेका थिए । उद्घोषकले माइकबाट भोलि बिहान यहि चौरमा चिया नास्ता गरि बाँकी सत्रहरू सुचारू हुने भएकोले महासङ्घका सम्पूर्ण प्रकारको सदस्यहरूले भोलि बिहान सबेरै महाधिवेशन स्थलमा उपस्थित भैदिनुहुन अनुरोध छ भनिरहेका थिए ।

वरपरका गाउँटोलबस्तिका दुखी पीडित रमिते वासिन्दाहरूभने माइक बजेको सुनेर आइ यस्सो हेर्दै अनुहार खुम्च्याई नाक थुन्दै थू: थू: गर्दै तत्कालै फर्किएका थिए । फर्कँदा एक आपसमा कुरा गर्दै थिए- डुङ्डुङे खोलो , त्यसको किनारको फोहोरको डुङ्गुर र त्यसको गन्ध अनि यो कार्यक्रम साँच्चै एक अर्काका पर्यायबाची हुन भन्दा फरक नपर्ला ।

०००
२०८१ चैत्र १०
चितवन ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
CN Kanel Harit
CN Kanel Harit
1 year ago

Strong lines: “केलाई चाहियो तिम्लाई बिकास मरिजाने चोला हो
जे जे होला यो देशमा हाम्रैलागी होला हो
बोल्नसमेत गाह्रो पार्छौँ त्यस्तै कानुन बनाउँछौं
केही गर्न खोज्यौभने झन्झट झ्याङ्लो लगाउँछौं”……………………………….

Nepal Telecom ad
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x