साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धीरता !!

रगडग नचलेको धक्धके धाकमा ऊ अविचल रहँने हो साम्यका साखमा ऊ ! यम पनि छ नसक्ने आँसुमा झार्न आँखा वचन मन दराको हुन्छ यो धीर शाखा !!

Nepal Telecom ad

कलानिधि दाहाल :

मनबिच छ सफा जो हुन्छ अग्लो हिमाल
जन सबसँग मिल्ने हुन्छ यो नै कमाल !
कल छल बलभन्दा भिन्नमा हो विशाल
रविकिरण कुँदेको देखिने भव्य हाल !!

जग अति गहिरो यो चुम्न सक्ने भएमा
अतल तल तला छन् झुम्न सक्ने भएमा !
गरम गफ यताका भुल्न सक्ने भएमा
पथ हित हलुकामा घुल्न सक्ने भएमा !!

घर वर सब छाडी दूर सर्ने भएमा
मन मगज उघारी प्रेम भर्ने भएमा!
अधिक धिक उता छन् हेर्न सक्ने भएमा
सुखसयल बढारी केर्न सक्ने भएमा !!

झररर झरनाझैँ स्वच्छता खुल्न सक्ने
नवरस दुनियाँमा पस्किँदै डुल्न सक्ने !
अविदित पर पौडी बेसरी भुल्न सक्ने
परहित पर पुग्दै आर्द्रमा फुल्न सक्ने !!

सगबग सब साझा बन्न सक्ने धरामा
श्रम सहज फिँजाई गुड्न सक्ने गरामा !
अलिकति हलुका यी अन्धका द्वार फाल्ने
मनजन पन हुन्छन् धीरका ज्योति बाल्ने !!

विभव भव यिनैका काँधमा हुन्छ सृष्टि
उदर दर उता जो लाउँछन् दिव्य दृष्टि !
पर पर पर पुग्दै पाउला विश्व सार
जनमन सब उस्तै धीरको हुन्छ धार !!

कपट कति नगर्ने छ्याङ्ग आकाशजस्तो
छलरहित सब‌ैको भित्रको श्वासजस्तो !
अवनति कति छैनन् उन्नति हुन्न अग्लो
सब सम मन राख्ने व्यक्ति हो धीर सग्लो !!

हडबड न कतै छन् चञ्चलाकार चाल
गडबड न कतै छन् चिन्तिताकार ताल !
जग जन सजिलो ऊ धैर्यको धौम्य फाँट
विचलित नहुने हो धीरको यो ललाट !!

रगडग नचलेको धक्धके धाकमा ऊ
अविचल रहँने हो साम्यका साखमा ऊ !
यम पनि छ नसक्ने आँसुमा झार्न आँखा
वचन मन दराको हुन्छ यो धीर शाखा !!

०००
कलेकुटी, काठमाडाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x