सञ्जय साह मित्रन्याय
घरबेटीलाई एक जनाले दपेटे – तपैँ कतै बाहिर जाँदा सौचालय बोकेरै जानुहुन्छ ? अर्को बम्क्यो – घरबेटीकै इज्जत बेच्ने नाटक लेखेर खेलौँ र पैसा कमाऔँ ।

सञ्जय साह मित्र :
भेष बदलेर रङ्गमञ्चमा अभिनय गर्नु मेरो कर्तव्य हो । रङ्गमञ्चका लागि कहिलेकाहीँ भाडामा बसेको घरबाटै तयार भएर निस्कनु पर्छ ।
कोठामा ताल्चा ठोक्दै बाहिर रहेको सौचालयमा छिरें, युवतीको भेषमा । घरबेटीले देखेछन् क्यारे । बाहिरबाट सौचालयको चुकुल लगाइदिए । अनि बर्बराएको सुनियो – कहाँ कहाँबाट आएर ट्वाइलेट भर्छन् ।
राजाको घर सबैको साझाजस्तै मान्छन् । ह्याँ सेफ्टीट्याङ्कीलाई पैसा तिर्नेवेलाँ भने अन्नै खाने नपरे हुन्थ्यो जस्तो लाग्छ । ट्वाइलेट हेर्नै हुँदैन, छेर्न छिरिहाल्छ । ल, छेरेर सँुघ भित्रै … ।
म भित्रबाट जति ढक्ढक्याए नि, चिच्याए नि, कराए नि सबैले सुने पो । बाहिर झुन्ड्याएको झोलामा मोबाइल कराको करायै छ ।
मोबाइल, घरबेटी र म सबै जना रिसवमन गरिरह्यौँ । समय घर्किइरह्यो ।
नाटककर्मीको एक हुल आयो । सबैको भेषभूषा अभिनयमूलक थियो । कराउँदै, आत्तिँदै र डराउँदै घरतिर अगाडि बढे सबै । घरपेटीले र लाई नचिन्ने कुरै थिएन । वर्षौंदेखि बसेको ठाउँ हो यो । कलाकारलाई घरबेटीले निक्कै सम्मान गर्छन् । ओर्लेर तल आउँदा सबैले सोधे – हाम्री हिरोइन कता छ ?
‘निकै बेर पहिले नै ताला लगाएर हिँडेको हुनु पर्छ । घरबाहिर निस्कँदा ताला झुन्डिइरहेको देखेको थिएँ ।’ – सहज भाव घरबेटीले भने । मेरो ढोका पिटाइ र चिच्याइतिर कसैको ध्यान थिएन ।
एक जनालाई पिसापले च्याप्यो । हतारमा उसले सौचालयको चुकुल खोलेर झन् हतार भित्र के पस्न खोजेको थियो, मसित ठक्कर खाएर उसको पिसाप फुत्क्यो । झन्नै आत्तिएको थियो ।
‘घरबेटी फिस्स हाँसे । तपैँ भित्रै हुनुहुन्थ्यो ? मैले अघि तपैँलाई महिला भन्ठानी थुन्द्याथेँ ? ओहो, भेरी सरी ।’
घरबेटीलाई एक जनाले दपेटे – तपैँ कतै बाहिर जाँदा सौचालय बोकेरै जानुहुन्छ ?
अर्को बम्क्यो – घरबेटीकै इज्जत बेच्ने नाटक लेखेर खेलौँ र पैसा कमाऔँ ।
कान समाएर घरबेटीले बोले – गल्ती स्वीकारेँ । म तीन महिनाको घरभाडा माफ गर्छु ।
सौचालयमा करिब डेढ घन्टा थुनिँदाभन्दा तीन महिनाको घरभाडा कमाउन पाएकोमा खुसी लाग्यो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































