साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्याय

घरबेटीलाई एक जनाले दपेटे – तपैँ कतै बाहिर जाँदा सौचालय बोकेरै जानुहुन्छ ? अर्को बम्क्यो – घरबेटीकै इज्जत बेच्ने नाटक लेखेर खेलौँ र पैसा कमाऔँ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

भेष बदलेर रङ्गमञ्चमा अभिनय गर्नु मेरो कर्तव्य हो । रङ्गमञ्चका लागि कहिलेकाहीँ भाडामा बसेको घरबाटै तयार भएर निस्कनु पर्छ ।

कोठामा ताल्चा ठोक्दै बाहिर रहेको सौचालयमा छिरें, युवतीको भेषमा । घरबेटीले देखेछन् क्यारे । बाहिरबाट सौचालयको चुकुल लगाइदिए । अनि बर्बराएको सुनियो – कहाँ कहाँबाट आएर ट्वाइलेट भर्छन् ।

राजाको घर सबैको साझाजस्तै मान्छन् । ह्याँ सेफ्टीट्याङ्कीलाई पैसा तिर्नेवेलाँ भने अन्नै खाने नपरे हुन्थ्यो जस्तो लाग्छ । ट्वाइलेट हेर्नै हुँदैन, छेर्न छिरिहाल्छ । ल, छेरेर सँुघ भित्रै … ।

म भित्रबाट जति ढक्ढक्याए नि, चिच्याए नि, कराए नि सबैले सुने पो । बाहिर झुन्ड्याएको झोलामा मोबाइल कराको करायै छ ।
मोबाइल, घरबेटी र म सबै जना रिसवमन गरिरह्यौँ । समय घर्किइरह्यो ।

नाटककर्मीको एक हुल आयो । सबैको भेषभूषा अभिनयमूलक थियो । कराउँदै, आत्तिँदै र डराउँदै घरतिर अगाडि बढे सबै । घरपेटीले र लाई नचिन्ने कुरै थिएन । वर्षौंदेखि बसेको ठाउँ हो यो । कलाकारलाई घरबेटीले निक्कै सम्मान गर्छन् । ओर्लेर तल आउँदा सबैले सोधे – हाम्री हिरोइन कता छ ?

‘निकै बेर पहिले नै ताला लगाएर हिँडेको हुनु पर्छ । घरबाहिर निस्कँदा ताला झुन्डिइरहेको देखेको थिएँ ।’ – सहज भाव घरबेटीले भने । मेरो ढोका पिटाइ र चिच्याइतिर कसैको ध्यान थिएन ।

एक जनालाई पिसापले च्याप्यो । हतारमा उसले सौचालयको चुकुल खोलेर झन् हतार भित्र के पस्न खोजेको थियो, मसित ठक्कर खाएर उसको पिसाप फुत्क्यो । झन्नै आत्तिएको थियो ।

‘घरबेटी फिस्स हाँसे । तपैँ भित्रै हुनुहुन्थ्यो ? मैले अघि तपैँलाई महिला भन्ठानी थुन्द्याथेँ ? ओहो, भेरी सरी ।’

घरबेटीलाई एक जनाले दपेटे – तपैँ कतै बाहिर जाँदा सौचालय बोकेरै जानुहुन्छ ?
अर्को बम्क्यो – घरबेटीकै इज्जत बेच्ने नाटक लेखेर खेलौँ र पैसा कमाऔँ ।

कान समाएर घरबेटीले बोले – गल्ती स्वीकारेँ । म तीन महिनाको घरभाडा माफ गर्छु ।

सौचालयमा करिब डेढ घन्टा थुनिँदाभन्दा तीन महिनाको घरभाडा कमाउन पाएकोमा खुसी लाग्यो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x