साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माफ पाऊँ, उखानै त हो

त्यसको लगत्तै शासकले बाँसुरी झिके र फुक्नआ थाले संयोग, ताजगी महशुस गरेका भाइभारदारहरु पनि हात खुट्टा फैलाएर उफ्री उफ्री नाच्न थाले

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

केही थान बाँसुरी- निरोले बजाउने जस्तै
र थुप्रै भाइभारदारहरु- श्री ३ हरुका जस्तै
बाट घेरिएर,
बडेमानको कुशासनमाथि ध्यानमग्ना
एक्काइशौं शताव्दीका एक शासक समक्ष
भाइभारदार अर्थात् नन्दीभृङ्गीहरुले जाहेर गरे-
विद्यालय र कलेजहरुमा विद्यार्थीहरु भरिभराउ छन्
बाल श्रम, खोज्दा पनि भेटिने अवस्था छैन
अर्थात्, वैज्ञानिक शिक्षाको कार्य योजना सफल भएको छ

शिक्षालाई श्रम, श्रमलाई सीप र सीपलाई उत्पादनसँग जोडिएको छ
कृषिमा आधुनिकता घनिभूत भएर
घर घरमा कामधेनु गाई नै ब्याएको अवस्था छ
अर्थात्, वैज्ञानिक समाजवादको सपना पनि साकार भएको छ

प्राज्ञ, वैज्ञानिक, लेखक, कलाकार वा चिन्तकहरु
सिर्जनाका विषयवस्तु खोज्न, विहान बेलुका
हजुरकै निवास वरिपरी देखा पर्न थालेका छन्
अर्थात्, श्री ३ वा श्री ५ को समयको भन्दा पनि बेजोडको
प्रशस्ती र अभिनन्दनहरु होला जस्तो देखिएको छ

महाराज ! यति हुँदा हुँदै पनि
अझै सुलभ शिक्षा र स्वास्थको कुरा गर्नेलाई, के भन्ने खै ?
अझै उद्यम र रोजगारीको माग गर्नेलाई, के भन्नेक खै ?
अझै देश छाडेर बाहिर जानेलाई के भन्ने, खै ?

यति जाहेरी सुनेपछि
बडेमानको कुशासनमाथि ध्यानमग्ने शासकले
कोल्टे फेरे र हल्का अपान वायु छोडे
संयोग, भाइभारदार अर्थात् नन्दीभृङ्गीेहरुले
“एयर फ्रेशनर”को हल्का वास्नाथ आएको
र शरीरमा ताजगी छाएको महशुस गरे
त्यसको लगत्तै शासकले बाँसुरी झिके र फुक्नआ थाले
संयोग, ताजगी महशुस गरेका भाइभारदारहरु पनि
हात खुट्टा फैलाएर उफ्री उफ्री नाच्न थाले

माफ पाऊँ, उखानै त हो-
अर्थात्, रोम जल्दा निरो बाँसुरी बजाउन मै व्यस्त थिए
जसरी भाईभारदारहरु
सदा झैं, शीर निहुराएर चाकडीमै मस्त थिए।

०००
२०८२ वैशाख ४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x