राजेन्द्रप्रसाद अधिकारीमाफ पाऊँ, उखानै त हो
त्यसको लगत्तै शासकले बाँसुरी झिके र फुक्नआ थाले संयोग, ताजगी महशुस गरेका भाइभारदारहरु पनि हात खुट्टा फैलाएर उफ्री उफ्री नाच्न थाले

राजेन्द्रप्रसाद अधिकारी :
केही थान बाँसुरी- निरोले बजाउने जस्तै
र थुप्रै भाइभारदारहरु- श्री ३ हरुका जस्तै
बाट घेरिएर,
बडेमानको कुशासनमाथि ध्यानमग्ना
एक्काइशौं शताव्दीका एक शासक समक्ष
भाइभारदार अर्थात् नन्दीभृङ्गीहरुले जाहेर गरे-
विद्यालय र कलेजहरुमा विद्यार्थीहरु भरिभराउ छन्
बाल श्रम, खोज्दा पनि भेटिने अवस्था छैन
अर्थात्, वैज्ञानिक शिक्षाको कार्य योजना सफल भएको छ
शिक्षालाई श्रम, श्रमलाई सीप र सीपलाई उत्पादनसँग जोडिएको छ
कृषिमा आधुनिकता घनिभूत भएर
घर घरमा कामधेनु गाई नै ब्याएको अवस्था छ
अर्थात्, वैज्ञानिक समाजवादको सपना पनि साकार भएको छ
प्राज्ञ, वैज्ञानिक, लेखक, कलाकार वा चिन्तकहरु
सिर्जनाका विषयवस्तु खोज्न, विहान बेलुका
हजुरकै निवास वरिपरी देखा पर्न थालेका छन्
अर्थात्, श्री ३ वा श्री ५ को समयको भन्दा पनि बेजोडको
प्रशस्ती र अभिनन्दनहरु होला जस्तो देखिएको छ
महाराज ! यति हुँदा हुँदै पनि
अझै सुलभ शिक्षा र स्वास्थको कुरा गर्नेलाई, के भन्ने खै ?
अझै उद्यम र रोजगारीको माग गर्नेलाई, के भन्नेक खै ?
अझै देश छाडेर बाहिर जानेलाई के भन्ने, खै ?
यति जाहेरी सुनेपछि
बडेमानको कुशासनमाथि ध्यानमग्ने शासकले
कोल्टे फेरे र हल्का अपान वायु छोडे
संयोग, भाइभारदार अर्थात् नन्दीभृङ्गीेहरुले
“एयर फ्रेशनर”को हल्का वास्नाथ आएको
र शरीरमा ताजगी छाएको महशुस गरे
त्यसको लगत्तै शासकले बाँसुरी झिके र फुक्नआ थाले
संयोग, ताजगी महशुस गरेका भाइभारदारहरु पनि
हात खुट्टा फैलाएर उफ्री उफ्री नाच्न थाले
माफ पाऊँ, उखानै त हो-
अर्थात्, रोम जल्दा निरो बाँसुरी बजाउन मै व्यस्त थिए
जसरी भाईभारदारहरु
सदा झैं, शीर निहुराएर चाकडीमै मस्त थिए।
०००
२०८२ वैशाख ४, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































