साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलेको काँध र मक्किएको झोला

आफैंलाई सबभन्दा चेतनशील, इमान्दार र प्रतिवद्ध ठान्दै अझै गींडहरु मुर्कट्टाको आड खोजिरहेछन् … कस्तो विचित्र !

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

(१)
गलेको काँधमा झुण्डिएको, मक्किएको झोला
र झोलाभित्र वर्षौंदेखि गुम्सिएको, भाऽऽरी टाउको
मक्किएको झोलाबाट टाउकाहरु
बाहिर निस्कन सकेनन्,
गलेको काँधबाट मक्किएका झोलाहरु
भूइँमा झर्न पनि सकेनन्, र
टाउकै नभएको गींडसँग गलेका काँधहरुले
कुनै गुनासो गर्न पनि सकेनन्
कस्तो विजोग !
(२)
मक्किएको झोलाभित्र
वर्षौंदेखि गुम्सिएर बसिरहनुलाई
कसरी चेतना भन्नु र खै ?
अनि टाउको हुनुको अर्थ ?
गलेको काँधमा मक्किएर पनि झुण्डिरहनुलाई
कसरी इमान्दारी मान्नु र खै ?
अनि झोला हुनुको अर्थ ?
र टाउकै नभएको गींडसँग चुपचाप टाँसिरहनुलाई
कसरी प्रतिवद्धता भन्नु र खै ?
अनि भरपर्दो काँध हुनुको अर्थ ?
कस्तो विडम्बना !
(३)
आफ्नै टाउको आफ्नै हातले झिकेर
आफैंले भिरेको काँधको मक्किएको झोलामा राखेर
आफैंलाई सबभन्दा चेतनशील, इमान्दार र प्रतिवद्ध ठान्दै
अझै गींडहरु मुर्कट्टाको आड खोजिरहेछन् …
कस्तो विचित्र !

०००
१९ फागुन २०८२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
राममणि बर्तौला
राममणि बर्तौला
6 months ago

धन्यबाद सर टी कांध हरू गले तई पनी मक्कियेको झोला थप भारी बोकन उद्धत छ

Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x