साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषय अब चुनावको रहेन

जसरी, मालिकले पहिराई दिएको फलामे बन्धनमा बाँचेको महशुस गरिरहेका दासहरुलाई, हाट बजारमा तोकिने डामिएका सुडोल शरीरको मोल कति हुन्छ ? भनेर सोध्नुको पनि औचित्य केही हुने भएन ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

विषय अब चुनावको रहेन
बहश अब समयानुकुल परिवर्तन वा
योग्य उम्मेदवार को हो भन्ने पनि भएन
अक्षम, मनोरोगी वा छेपाराहरु, अझै मैदानमा
झनै खुलेर उत्रिएपछि, तिनीहरुलाई
सरम खै ? भनेर सोध्नुको पनि
औचित्य केही हुने भएन
होस, सोच र टेक्ने आधार नभएकाहरु, त्यसै मैदानमा
झनै जोस्सिएर उफ्रिएपछि, तिनीहरुलाई
गन्तव्य खै ? भनेर सोध्नुको पनि
औचित्य केही हुने भएन
अर्कोतिर आफ्नै टाउको आफैंले झिकेर
आफैंले बोकेको झोलामा जतनसाथ राखेर
आफ्नै टाउकोलाई समाजवादको रुमानी सपना देखाउँदै
आफैंलाई भुलाई रहेका गींडहरु, बेलाबखत
भीड जम्मा गर्न मात्र काम लाग्ने भएपछि, तिनीहरुलाई
चेतना वा विवेक खै ? भनेर सोध्नुको पनि
औचित्य केही हुने भएन
वास्तवमा, भेंडी चरनको हरिया घाँसमा
रमाइरहेका भेंडाहरुलाई, बजारमा बिक्ने
बारबेक्यू गरिएको सिङ्गो भेंडाको मूल्य
कति हुन्छ ? भनेर सोध्नुको पनि
औचित्य केही हुने भएन
जसरी, मालिकले पहिराई दिएको फलामे बन्धनमा
बाँचेको महशुस गरिरहेका दासहरुलाई,
हाट बजारमा तोकिने
डामिएका सुडोल शरीरको मोल
कति हुन्छ ? भनेर सोध्नुको पनि
औचित्य केही हुने भएन ।

०००
२०८२ माघ २२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x