साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उफ ! किन सोध्दैन गाउँ…?

प्रत्येक चुनाव पछि हेर्छन् बाँझा खेत र बारीका पाटामा नाचेका बाँदरहरु उफ ! किन सोध्दैन गाउँ, यी छेपाराहरुलाई- शहरमा आलिशान बङ्गला बन्दै गर्दा गाउँको घर किन जीर्ण हुँदै ढल्न खोजिरहेछ ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

चुनाव आएपछि गाउँ पस्छन्,
र लोरी गाउँदै भोट माग्छन्
लट्ठ पारेर जनता, थाप्छन् मत पेटिका
र बटुल्छन् सपना जनताका
चुनाव सकिएपछि शहर छिर्छन्, सरम पचाएकाहरु
अनि साट्छन् गाउँका सपनाहरु, विचौलियासँग, नेताहरु
महँगी भित्रिएको
र कुखराहरु बेचिएको चाल पाउँदैनन् गाउँहरु
चटके गाउँ पसेको
र माना चामल रित्तिएको पत्तो पाउदैनन् गाउँहरु
युवाहरु बरालिएको
र श्रम विथोलिएको मेसो पनि पाउँदैनन् गाउँहरु
प्रत्येक चुनावमा हाल्छन् भोट
र जन्माउछन् नेताहरु
प्रत्येक चुनावमा लुटाउछन् गाउँ
र रित्याउछन् आसाहरु
प्रत्येक चुनाव पछि हेर्छन् बाँझा खेत
र बारीका पाटामा नाचेका बाँदरहरु
उफ ! किन सोध्दैन गाउँ, यी छेपाराहरुलाई-
शहरमा आलिशान बङ्गला बन्दै गर्दा
गाउँको घर किन जीर्ण हुँदै ढल्न खोजिरहेछ ?
शहरमा आयातीत लङग-ग्रेन चामलको भात खाइरहँदा
गाउँको बाँझो खेत किन विचौलियाले किनिरहेछ ?
शहरबाट तिम्रो सन्तान अध्ययनको लागि विदेश जाँदै गर्दा
गाउँको युवा किन खाडी जान ऋण काढिरहेछ ?

०००
चण्डाेल, काठमाडाैं
५ फागुन २०८२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
4 months ago

बेजोड र समसामयिक हरफहरु !🙏

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x