साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हालको बेहाल

नौटङ्की रसरागमा फनफनी सत्ता घुमेको छ नि ! दोहोरी रण–नीतिमा रहरिलो गिर्दै गयो जीवनी । मारामार पछारमा छ घुइँचो मानौँ महाभारत यस्तो हालतमा पुग्यो मुलुक यो बेहाल भो हालत ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’

नेपाली ममचा बने दिनदिनै मोटा बने बङ्गुर
नेपाली जनता खिएर मुरली, छोटा बने डङ्गुर ।
यस्तोमा पनि देखियो सदनमा लुट्ने र फुट्ने छल
भारी लक्षण भेटियो मुलुकमा ढाँट्ने उही अक्कल ॥

नोटैनोट लिएर भोट बटुली कोही भए मालिक
हाम्रो गौरव नासियो, शहिदका ढल्ने भए शालिक ।
यस्तो चाल चलाउने र दुहुने राता बने नाशक
मालामाल हुने र चुहुने घ्याम्पा भए शासक ॥

नेपालीपन मासियो र मुलुकी खाता विदेशी भए
कोही लम्पट ती सिँगार्नुछ भनी नाता अगावै गए ।
भालेका भरमा चलेन मुलकै सारा अँध्यारो भयो
हाम्रो देश विकासको चहकिलो चाला र माला गयो ॥

हाम्रो राष्ट्र हराभरा, रहरिलो वैकुण्ठ बन्दै थियो
कल्ले शान्त, उचा, प्रसिद्ध गरिमा ठाडै खसाली दियो ?
मौलाएर दरिद्रता मुलुकमा, राजा अनेकौँ बने
ल्याई दुर्दिन राष्ट्रको ढुकुटीमा खाल्टा हजारौँ खने ॥

चौरासी अनुहार छन् मुलुकमा सौभाग्यशाली भने–
थोत्रा चप्पल लाउने हजुरिया सम्भ्रान्तशाली बने ।
त्यस्ताका दलमा दलाल भरिए गाली तमासै भयो
हाम्रो देश दलालका पहुँचमा नाली समानै भयो ॥

नौटङ्की रसरागमा फनफनी सत्ता घुमेको छ नि !
दोहोरी रण–नीतिमा रहरिलो गिर्दै गयो जीवनी ।
मारामार पछारमा छ घुइँचो मानौँ महाभारत
यस्तो हालतमा पुग्यो मुलुक यो बेहाल भो हालत ॥

०००

२०७७ फागुन ३
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x