साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्त

बा आमालाई त हामीले ईश्वर मान्नुपर्छ । हजुरले बोलेका कुरा सुने भने भोलिका दिनमा हाम्रा छोराले त्यही सिक्लान् नि !' बुहारी प्रमिलाले अझै रघुनाथलाई सम्झाउँदै भनिन् ।

Nepal Telecom ad

माेक्ष खतिवडा :

‘हजुरलाई चिन्न सकिन नि ! ‘रघुनाथको छिमेकी दाइ राजेशले सोधे।

‘यो मेरो ठूलो छोराको घर हो। ‘रघुनाथ नबोलिकन नै उनका बुवाले हतपताएर आफूलाई चिनाउनु भयो। ‘बुवा यतातिर पहिलोचोटि आउनुभएको हो जस्तो लाग्यो ।’ राजेशले प्रश्न गऱ्यो ।

‘आफ्नो बसाई गाउँमा छ बाबु । धेरै खेतीपाती भएकाले झट्ट उम्केर हिँड्न पाइँदैन ।’ रघुनाथका बुवाले भन्नुभयो । धेरै बेरसम्म रघुनाथका बुवा र छिमेकी राजेशको गफ चल्यो । रघुनाथका बुवाले सन्तानका लागि आफूले गरेको धेरै दुःखका कहानी सुनाउनु भयो । बुवाको यस्ता कुरा सुन्दै गरेका रघुनाथ एक्कासी भान्सा कोठामा पस्छन् ।

‘अर्काको काम गरेर रोजगारीबाट ल्याएको पैसाले आफूले कपी र कलम किनेको । एस.ई.ई. दिए पछाडि पढ्न जान्छु भन्दा नदिएर हजुरआमाले लुकाएर राखेको केही पैसा लिएर आफू बाटो लागेको ।आफू यता आएपछि कयौँ वर्षसम्म बुबा नबोलेको । यी सबै कुरा आँखामा झल्झली आउँछन् । अहिले बुबाको यत्रो रवाफ ! रघुनाथ चित्त नबुझाए झैँ ओकल्छन् ।

हजुरले गरेको दुःख सबै ढाकछोप गरेर बुबाको गफले हजुरकै श्रेय बढाइदिनु भयो त के भो ? ( बुहारी ) प्रमिला ले सान्त्वन दिंदै भनिन् ।

‘यस्ता कैयन् दुःख सहेर आफूले स्नातक पास गरेर यो सृष्टि गरेको ।’ चित्त नबुझाए झैँ रघुनाथले फेरि कुरा दोहोऱ्याए।

‘जे होस् छोराको पौरखमा बुवा खुसी हुनुभएको छ बुझ्नुभो ! बा आमालाई त हामीले ईश्वर मान्नुपर्छ । हजुरले बोलेका कुरा सुने भने भोलिका दिनमा हाम्रा छोराले त्यही सिक्लान् नि !’ बुहारी प्रमिलाले अझै रघुनाथलाई सम्झाउँदै भनिन् ।

रघुनाथले केही बेर घोसे मुन्टो लाएर ‘हुन त तिमीले भनेको कुरा सही हो । मेरा आँखा खुलायौ । तर मान्छेको जात सबैले बलेकै आगो ताप्ने त हो ।’

०००

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x