साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ प्रगतिशील

पैसा भेटी जस्तो पनि छोड्दैन मिठोमिठो खान चाहिन्छ राम्रो राम्रो लाउन खोज्छ बिहानभरि सुत्छ नौ बजेतिर उठ्छ सधैँ आडम्बरमा बाँचेको छ किनभने ऊ प्रगतिशील हो ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

कुरा ठुला ठुला गर्छ चोकमा
युवा भेला गरेर गफ चुट्छ
तर ऊ घरमा सिन्को भाँच्दैन
सधैँ ढाट्छ र जता पनि ठिक्क हुन्छ
भएका नभएका कुरा जोडेर गफ चुट्छ
आफ्नै मपाइँत्वमा बाँचेको छ
अरूलाई रुवाएर हाँसेको छ
किनभने ऊ प्रगतिशील हो ।

ऊ न कविता निबन्ध लेख्छ
न गजल मुक्तक लेख्छ
न कथा उपन्यास, समालोचना नै लेख्छ
बरु अरूको लेख सिर्जनालाई
उल्टै फिस्स हाँसेर
चुरोटको धुँवा झैँ उडाइदिन्छ
उसैलाई कुर्सी र पद चाहिन्छ
किन भने ऊ प्रगतिशील हो ।

उसको राशी कन्या हो
त्यसैको खोजीमा मरिमेट्छ
घरमा श्रीमतीलाई बधुवा मजदुर बनाएको छ
बाहिर निस्किन दिँदैन
घाँसदाउरा र चुलाचौकामा सीमित बनाएको छ
छोराछोरीलाई बोल्न दिँदैन , सातो खान्छ
राति अबेर घर आउँछ लर्बराउँदै
र ताण्डव नृत्य देखाउँछ
किनभने ऊ प्रगतिशील हो ।

धर्म संस्कार मान्दैन
श्राद्ध पूजा गर्दैन
नम्र भाषा बोल्दैन
पैसा भेटी जस्तो पनि छोड्दैन
मिठोमिठो खान चाहिन्छ
राम्रो राम्रो लाउन खोज्छ
बिहानभरि सुत्छ
नौ बजेतिर उठ्छ
सधैँ आडम्बरमा बाँचेको छ
किनभने ऊ प्रगतिशील हो ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x