साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हुँ बाँदर

धन्यवाद छ सरकारलाई मलाई माया गरोस् मेरो भुँडी चर्किरहोस् किसान भोकै मरोस्। छाती पिटोस,आँसु झारोस् बिन्ती निउरी गरोस् सरकार, आँखा कान थुनोस् मेरे लाद्रो भरोस् ।

Nepal Telecom ad

युगल बसेल :

वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर
छैन बस्ने घर ठेगाना, छैन मेरो ठहर
आफ्नो घर बनाउँदिनंँ अर्काको बिगार्छु
मकै, फलफूल आलु गिठा पाए सखाप पार्छु

किसानको दुश्मन हुँ म, इष्ट खोई कसको ?
मेरो चर्तीकला रोक्ने कुरा छैन वशको
मेरा पुर्खा हनुमान हुन् रनबन डुल्छु
मान्छे ताक्छन् गुलेली, म मट्याङ्ग्रालाई छल्छु।

तिमी डाली पातपातमा म, ए मान्छे बिचरा!
भाग्यमानी प्राणी मै हुँ, तिमी कर्महारा !
धन्यवाद छ सरकारलाई मलाई माया गरोस्
मेरो भुँडी चर्किरहोस् किसान भोकै मरोस्।

छाती पिटोस,आँसु झारोस् बिन्ती निउरी गरोस्
सरकार, आँखा कान थुनोस् मेरे लाद्रो भरोस् ।

०००

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
"भैया"
"भैया"
1 month ago

हनुमानको सङ्गठनमा, ढेडु पनि आयो
सभापति पट्काएर, फेटा पनि लायो
कालो वर्ण गोरो पार्न, ब्युटीपार्लर धायो
भोको रैछ सुन्दरीको, जुम्रा धरि खायो।

युगल बसेल
युगल बसेल
1 month ago
Reply to  "भैया"
"भैया"
"भैया"
1 month ago

हनुमानको सङ्गठनमा, ढेडु पनि आयो
सभापति पट्काएर, फेटा पनि लायो
कालो वर्ण गोरो पार्न, ब्युटीपार्लर धायो
भोको रैछ सुन्दरीको, जुम्रा धरि खायो। जयहोस् कविवर💐🙏

'भैया"
'भैया"
1 month ago

हनुमानको सङ्गठनमा, ढेडु पनि आयो
सभापति पट्काएर, फेटा पनि लायो
कालो वर्ण गोरो पार्न, ब्युटीपार्लर धायो
भोको रैछ सुन्दरीको, जुम्रा धरि खायो। जयहोस् कविवर💐🙏

युगल बसेल
युगल बसेल
1 month ago
Reply to  'भैया"

😀🙏

Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
5
0
Would love your thoughts, please comment.x
()
x