युगल बसेल जीवलाल र गङ्गा बसेलका नाति तथा मुक्तिराम र केतकला बसेलका एकलौटी हकवाला छोराको रूपमा २०२० सालमा तुम्कोट, सन्धिखर्क -१ अर्घाखाँचीमा जन्मिनुभएकाे हाे । हालै सतुङ्गल, चन्द्रागिरी -११ काठमाडौँमा समेत बास बनाएर बसोबास गर्न थालेपछि उहाँको नाक एक्कासि बढेर घिरौँलाजत्रो भएको कुराको गवाही देखिजान्नेहरूले दिने गरेका छन् । स्नातकोत्तर तह पार गरेको कागजको खोस्टो हत्याउनुभएका बसेल कसो कसो गरेर सरकारी पैसाले तरकारी खान पाइने निजामती सेवामा छिर्नुभएकाे थियाे । नेपाल सरकारको उपसचिव पद जिप्ट्याएपछि उमेर हद पार गरेको अभियोगमा टायर्ड नहुँदै २०७८ सालमा रिटायर्ड गराई उहाँलाई जागिरबाट निकाला गरी घोक्रेठ्याक लगाइएको ठिक साँचो हो । युगधारा साप्ताहिकमा २०४५ साल भदौमा आह्वान शीर्षकको कविता छपाएर उहाँले बाङ्मयको क्षेत्रमा पाइला लम्काउनुभएको हो । आफूलाई मृत्युपछि पनि जीवित राख्न सकिन्छ कि भन्ने मृगमरिचिकामा रुमल्लिँदै उहाँले २०७० सालमा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ´छक्का` छपाउनुभएकाे छ । पुरस्कार भने पाठकको मायाको रूपमा हसुरेको मात्राको लेखाजोखा गर्न बाँकी नै रहेको गोप्य कुरा उहाँ सुटुक्क बताउनुहुन्छ ।
हिरो बन्ने हुटहुटी
युगल बसेल : मान्छे किरोजस्तो भए पनि हिरो बन्ने सपना बुन्नु कुनै अपराध होइन भन्ने मेरो
पुरा पढ्नुहाेस्ग्यास ल्याएँ ग्यास !
युगल बसेल : ग्यास ग्यास ग्यास ल्याएँ मैले तिरेर क्यास अनि त म गज्जबले दङदास सुगन्धी
पुरा पढ्नुहाेस्म हुँ बाँदर
युगल बसेल : वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना, छैन मेरो
पुरा पढ्नुहाेस्मेरो भाले किन बास्दैन ?
युगल बसेल : खै, भाले बासेको कारणले उज्यालो हुने होइन भन्ने बुझेर हो कि किन हो
पुरा पढ्नुहाेस्सन्तुष्टि सर्वेक्षण
युगल बसेल : सरकार गठन भएको पुरै दुई महिना बितिसक्यो तर सरकारप्रति सरोकारवालाको सन्तुष्टि कति छ
पुरा पढ्नुहाेस्वीरमा भोलि पर्खँदा पर्खँदै
युगल बसेल : जब जाग्यो तब सबेरा भनेजस्तै रोगले गालेर शेष नपारुन्जेल चेत नखुल्ने म बबुराको
पुरा पढ्नुहाेस्मैले चुनाव हारेँ
युगल बसेल : मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ ! लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग
पुरा पढ्नुहाेस्म खन्चुवा हुँ
युगल बसेल : म खन्चुवा हुँ खुब निल्छु गड्डी चपाउँदा खुब रमिन्छ हड्डी यो हाब्रोले भन्दछ
पुरा पढ्नुहाेस्आँखैका नानीमा बस
युगल बसेल : छायाँ शीतल, हावा शीतल अझ शीतल हिउँ झनै शीतल लाग्छ मलाई नानी तिम्रो
पुरा पढ्नुहाेस्नायिकाको नाइटो
युगल बसेल : अरू जीवजन्तुकोजस्तै नाइटो एक महत्त्वपूर्ण मानव अङ्ग हो । गर्भमा रहँदा उसले आमाबाट
पुरा पढ्नुहाेस्

yugal basel




























