साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले चुनाव हारेँ

झिँगाले सराप्दा कतै डिँगा मर्ने हैन विरोधीले खुच्चिङ् भनून् सेखी झर्ने छैन झोले हुललाई गुलामीमा मख्खै चख्खै पारेँ मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ ! लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग पारेँ ।

Nepal Telecom ad

युगल बसेल :

मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ !
लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग पारेँ ।

अक्कडिएँ, निमोठिएँ मैले के बिराएँ ?
हुकुमी चलन चलाएँ मैले के बिराएँ ?
मत घटाएँ मत घटाएँ रनभुल्ल पारेँ
मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ !
लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग पारेँ ।

मै हुँ भन्ने ट्रम्प हार्थे , मोदी पनि हार्लान्
आज नाक फुलाउनेका ग्राफ तल झर्लान्
यही कल्पी अहं त झन् कराँतिलो पारेँ
मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ !
लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग पारेँ ।

झिँगाले सराप्दा कतै डिँगा मर्ने हैन
विरोधीले खुच्चिङ् भनून् सेखी झर्ने छैन
झोले हुललाई गुलामीमा मख्खै चख्खै पारेँ
मैले चुनाव हारेँ ल है मैले चुनाव हारेँ !
लथालिङ्ग पारेँ पार्टी लथालिङ्ग पारेँ ।

०००
सन्धिखर्क – तुम्कोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x