युगल बसेल जीवलाल र गङ्गा बसेलका नाति तथा मुक्तिराम र केतकला बसेलका एकलौटी हकवाला छोराको रूपमा २०२० सालमा तुम्कोट, सन्धिखर्क -१ अर्घाखाँचीमा जन्मिनुभएकाे हाे । हालै सतुङ्गल, चन्द्रागिरी -११ काठमाडौँमा समेत बास बनाएर बसोबास गर्न थालेपछि उहाँको नाक एक्कासि बढेर घिरौँलाजत्रो भएको कुराको गवाही देखिजान्नेहरूले दिने गरेका छन् । स्नातकोत्तर तह पार गरेको कागजको खोस्टो हत्याउनुभएका बसेल कसो कसो गरेर सरकारी पैसाले तरकारी खान पाइने निजामती सेवामा छिर्नुभएकाे थियाे । नेपाल सरकारको उपसचिव पद जिप्ट्याएपछि उमेर हद पार गरेको अभियोगमा टायर्ड नहुँदै २०७८ सालमा रिटायर्ड गराई उहाँलाई जागिरबाट निकाला गरी घोक्रेठ्याक लगाइएको ठिक साँचो हो । युगधारा साप्ताहिकमा २०४५ साल भदौमा आह्वान शीर्षकको कविता छपाएर उहाँले बाङ्मयको क्षेत्रमा पाइला लम्काउनुभएको हो । आफूलाई मृत्युपछि पनि जीवित राख्न सकिन्छ कि भन्ने मृगमरिचिकामा रुमल्लिँदै उहाँले २०७० सालमा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ´छक्का` छपाउनुभएकाे छ । पुरस्कार भने पाठकको मायाको रूपमा हसुरेको मात्राको लेखाजोखा गर्न बाँकी नै रहेको गोप्य कुरा उहाँ सुटुक्क बताउनुहुन्छ ।
भिन्नता
युगल बसेल : स्थान : नेताको दैलो दैलोभित्रको ठाउँ पात्र : गोबरदास गुरु, खुलदुले नेता, नेताको
पुरा पढ्नुहाेस्इम्बोस्ड नम्बर प्लेट : फाइदा अनेक
युगल बसेल : अहिले सरकारले सवारी साधनमा जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लाद्न खोज्यो भनेर अनेक क्षेत्रबाट
पुरा पढ्नुहाेस्दरको डर
युगल बसेल : दरसँग डराएको भन्ने शीर्षक पढ्दा तपाईंको अन्तरमनमा खसखस जाग्ला । महँगीको दर हो
पुरा पढ्नुहाेस्मेरो घरमा नागपूजा
युगल बसेल : नागलाई नाक बुझेर कसैलाई त यो लठुवाले ठुलै नाकको पूजा गर्न लाग्यो कि
पुरा पढ्नुहाेस्हाकिमको कुकुर हराउँदा
युगल बसेल : एक दिन हाकिमको जगरसेँठ कुकुर थाहै नदिई एकाएक गायब भयो । अनि त
पुरा पढ्नुहाेस्भानुसित गुनासो
युगल बसेल : सुन भानु , दशा यस मुलुकको अनगिन्ती व्यथा जनका मनको रविको पनि कान्ति
पुरा पढ्नुहाेस्घुस वन्दना !!
युगल बसेल : ए घुस प्यारो, नजिकै त आऊ मलाई आफ्नो हितको बनाऊ ममाथि हुकुम बरु
पुरा पढ्नुहाेस्हाय पैसा !
युगल बसेल : पैसा धर्म, पैसा कर्म, पैसा नै हो मर्म हाय पैसा साट्छस् तैँले इमान,
पुरा पढ्नुहाेस्झोलेको झोलामा के छ ?
युगल बसेल : लौ भन बन्धु, केके छ तिमीले भिर्ने झोलामा ? टुनामुना जादु मन्त्र छ
पुरा पढ्नुहाेस्तलब नबढ्नुको अन्तर्य
युगल बसेल : वर्तमान सरकार कल्पनामा रमाउने खालको उडिया प्राणी होइन। बरु यो त यथार्थको बौराइ
पुरा पढ्नुहाेस्


yugal basel





























