साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुसित गुनासो

विधि पद्धति भो कमजोर बढी जननी दुःखी छन् विष तीर गडी । सुन भानु , यहाँ यसतै छ दशा दुखीका म भनूँ कति धेर कथा ? कुन भानु उदाएर यस भूमिको हरला पीर खै अब ता अति भो !।

Nepal Telecom ad

युगल बसेल :

सुन भानु , दशा यस मुलुकको
अनगिन्ती व्यथा जनका मनको
रविको पनि कान्ति मलिन् छ यहाँ
शशि रश्मी जलनसरि भो तनमा ।

म त आसन छाड्दिन भन्छ कुनै
नछुटाई म छाड्दिन भन्छ कुनै
तँ नहो अगुवा, भनी भन्छ कुनै
ठिक मै छु,छ दाबी छ भन्छ कुनै।

जनक्रान्तिपछि दिन धेर बिते
अदना जनका कति प्राण छुटे
जति याद गर्‍यो उति हुन्छ जलन
को लगाउँछ चोटहरूमा र मलम ?।

अगुवा अदली बदली त भए
तर खै बदली कति चिज भए ?
सबकै उसतै त रहेछ छटा
जति जोगी भए सब कानफटा ।

कसको परनु भर खै अब ता ?
छली छन् अगुवा , सजिला जनता
दल ता दलदलसरि हुन गए
किरिया कि सपथ सब भष्म भए ।

पलमा छुरीको हुरी चल्छ यहाँ
नित त्रसित छन् बहुतै दुनिया
विधि पद्धति भो कमजोर बढी
जननी दुःखी छन् विष तीर गडी ।

सुन भानु , यहाँ यसतै छ दशा
दुखीका म भनूँ कति धेर कथा ?
कुन भानु उदाएर यस भूमिको
हरला पीर खै अब ता अति भो !।

०००
सन्धिखर्क, हाल : चन्द्रागिरी- ११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x