साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेको झोलामा के छ ?

यही हो तिम्रो लोकतन्त्र ? प्रणाली विधि अलपत्र ! सुशासन छ खिचोलामा जुनी बित्यो तिम्रो झोलामा । लौ भन बन्धु, केके छ तिमीले भिर्ने झोलामा ? टुनामुना जादु मन्त्र छ मैले भिर्ने झोलामा ।.

Nepal Telecom ad

युगल बसेल :

लौ भन बन्धु, केके छ
तिमीले भिर्ने झोलामा ?
टुनामुना जादु मन्त्र छ
मैले भिर्ने झोलामा

भो भो, मलाई नढाँट
घाम छेक्न हातले नआँट
निष्टा डढायौ सोलामा
पाउपोस बोक्दै झोलामा
लौ भन …

आफ्नै विवेक गुमायौ
कुन पथ तिमीले समायौ ?
स्वाभिमान मासा तोलामा
जुलुम छ तिम्रो झोलामा
लौ भन….

कि म परेँ भरम ?
कि छैन तिमीलाई शरम ?
इज्जत बगायौ खोलामा
बोकेर केके झोलामा
लौ भन …

रातलाई पनि दिन देख्छौ
होइन भन्नेलाई लखेट्छौ
मिल्कायौ निष्टा खौलामा
हुकुमियत बोकेर झोलामा
लौ भन …

दास मनोवृत्ति स्वीकार्‍यौ
आत्माको पुकार दुत्कार्‍यौ
जिब्रो थुन्यौ रे मोहोलामा
बेचेर आफूलाई झोलामा
लौ भन…

यही हो तिम्रो लोकतन्त्र ?
प्रणाली विधि अलपत्र !
सुशासन छ खिचोलामा
जुनी बित्यो तिम्रो झोलामा
लौ भन…
०००
 सन्धिखर्क 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x