साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय पैसा !

सबैको छ मुख्य ख्वाहिस बन्ने पैसावाला कसले बुझेन र पैसा, तेरो चर्तिकला ? हाय पैसा ! हाय पैसा ! हाय हाय पैसा !! यो धर्तीमा देखाउँदै छस् दिनहुँ तमासा !!

Nepal Telecom ad

युगल बसेल :

पैसा धर्म, पैसा कर्म, पैसा नै हो मर्म
हाय पैसा साट्छस् तैँले इमान, जमान, शर्म ।

पैसा आमा, पैसा बाबा, पैसा छोराछोरी
पैसा छैन, जोडीले नै खोज्न थाल्छ जोरी
पैसा दया, पैसा माया, पैसामै नापिन्छ
पैसा छैन, प्रिय जनको ममता मासिन्छ
पैसा…

पैसा इजेत, पैसा तक्मा, पैसा पुरस्कार
पैसा बिना खेर जान्छ ठूलै चमत्कार
पैसा दर्जा, पैसा औसर पैसै गर्छ हद
पैसा टिकट चुनाव लड्न, पैसो किन्छ मत
पैसा…

पैसा पक्ष, पैसा विश्वास, पैसा सरकार
भिखारी वा खर्बपति पैसै दरकार
पैसा डाक्टर, पैसा वैद्य, पैसा धामी-झाँक्री
पैसा छैन दबाइ नपाई जीवन जान्छ गुज्री
पैसा कानुन, पैसा नियाँ, पैसा नै सुरक्षा
पैसा भए झुट साँचो नत्र सत्य मिथ्या ।
पैसा…

भए गेडी सबै मेरी नत्र सबै टेडी
गेडी टिप्न कोच्न तयार कानमा रुई ठेडी
गेडी निम्ति सत्तोसराप झेल्न पनि रेडी
चौबर आय बढाउनु छ अपुग सवा डेढी
पैसा…

सबैको छ मुख्य ख्वाहिस बन्ने पैसावाला
कसले बुझेन र पैसा, तेरो चर्तिकला ?
हाय पैसा ! हाय पैसा ! हाय हाय पैसा !!
यो धर्तीमा देखाउँदै छस् दिनहुँ तमासा !!
पैसा..

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x