साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेको शालिग्राम

आखिर अक्षम, अदूरदर्शी र अविवेकी यी साँढेहरू मिलेर नेपाल नामको एउटा सुन्दर केक टुक्राटुक्रा पारेर काट्‌दै केवल एक दिनका लागि फगत एक दिनका लागि ह्याप्पी बर्थ डे मनाउँदै छन् ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

विश्वमै एक मात्र हिन्दू धर्मावलम्बीहरूका आराध्य देव पशुपतिनाथ वन विहारबाट थकित भएर पार्वतीसँग आनन्द विहार गर्न कोठाभित्र पसेपछि पार्वतीको रूप लावण्यमा लोभिएको साँढे शिवजीपछि मेरो पालो अवश्य आउँला भन्ने लोभमा आफ्ना तीन बिसौलीका शालिग्राम भक्तजनहरूलाई देखाएर निर्लज्ज अनादि कालदेखि आजसम्म पशुपतिको द्वारमा बसिरहेछ । आजसम्म बिचरा साँढेको अधुरो सपना पूरा हुन सकेको छैन ।

आराध्य देव पशुपतिका केही चेलाहरूले यो सुइँको पाएर छ सयको हुल लिएर आजभन्दा करिब आठ सय दिन अगाडि त्यही नक्कल गर्न थाले । शहर पस्न कसैले गुलिया भाषण, कसैले मीठा आश्वासन, कसैले कुटिल बोली, कसैले डरलाग्दो गोली, कसैले झोला भरीभरी सोली बाँडेर लाटासोझा निरीह प्राणीका सुन्दर सपनामाथि नीच स्वार्थले कुल्चदै सिंहदरबार छिरे ।

अरूले देख्दा फुटे जस्तो गर्ने, आफ्नाले देख्दा जुटे जस्तो गर्ने तर विदेशी डलर देख्नासाथ लम्पसार पर्ने आस्था र विश्वासको बेवास्ता गर्ने रङका आधारमा, ढङ्गका आधारमा, नाकका आधारमा धाकका आधारमा, बोलीका आधारमा, कसैको लोलीका आधारमा डुक्रन थाले। कहिले सँगै डुक्रिने, कहिले दुक्रा टुक्रा भएर टुक्रिने यी साँढेहरू एक चोक्टा मासुका निम्ति निरन्तर लुछाचुँडी गर्न लागे ।

आउला कि आउला, ल्याउला कि ल्याउला, ब्याउला कि ब्याउला भन्दै प्रतीक्षामा बसेका गोठालाहरूले हरेक साँढेलाई छ्याईछ्याई भनिरहे, लाईलाई भनिरहे तर सात सय तीस दिनसम्म पनि नब्याएर थारै रहे पनि अब एक हजार पन्चान्नब्बे दिनको समय माग्न थालेपछि पो सोझा गोठाला जिल्लिए अनि अनुसन्धानबाट पत्ता लगाए सबै साँढे नपुङ्सक पो रहेछन् । उनीहरूले आफ्नो नपुसकता लकाउन संविधान नामकी चेलीको गला दबाएछन् । गोठालाले शंका गर्लान् भनेर साँढेहरू कहिले सदनमा जट्दा रहेछन्, कहिले सिसाझै टुक्राटुक्रा भएर फुट्दा रहेछन् ।

यसरी साँढेको जुधाइ निरन्तर चल्न थालेपछि सडकमा सोझा निमुखा निरीह बाच्छाहरू मिचिंदा रहेछन्, गरीबी, भोकमरी, अशिक्षा, बाढी, पहिरो आदिमा हेर्दाहेर्दै कैयौं बाच्छाहरू सदाका लागि हराउँदा रहेछन् तर साँढेहरु सदनमा पुच्छर उचाल्दै आफ्ना शालिग्राम निर्लज्ज दुनियाँलाई देखाएर डुक्रिरहेछन् । हरियो घाँस देखे मिलेमिले जस्तो गर्छन् । कर्तव्यको त्रासदेखि दुट्न थाल्छन्, फुट्न थाल्छन् अनि पशुपतिलाई कसैले पशु मात्र अनि कसैले पति मात्र बनाएर भोग गर्न लोभी स्याल साँढेका पछि यल चुहाउँदै हिंडेझै स्वार्थको सिँगाने खेलमा पटकपटक डुक्रिरहन्छन् । भित्र पुगेपुगे जस्तो गर्छन् अनि फुत्त बाहिर निस्कन्छन्, पाँच बल्ड्याङ खाँदा पनि चित्त नबुझेर फेरि निर्जल्ल पुच्छर उचालेर सबैलाई शालिग्राम देखाउँदै डुक्रिन्छन् ।

आखिर अक्षम, अदूरदर्शी र अविवेकी यी साँढेहरू मिलेर नेपाल नामको एउटा सुन्दर केक टुक्राटुक्रा पारेर काट्‌दै केवल एक दिनका लागि फगत एक दिनका लागि ह्याप्पी बर्थ डे मनाउँदै छन् ।

०००
थप्पडबाट (२०७३ )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x