साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुसी पार सरर…

बुढो पुस्तालाई नगद गहना के मतलब मिठो बोली भाषा भरसक मिले हुन्छ सुयश अरूलाई भन्छौ विषयगत जान्ने कति थरी पुगेनन् खै आँखा यस विषयमा के र कसरी ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

अन्तर्राष्ट्रिय बुवा दिवस तथा विश्व अग्रज दुर्ववहार विरुद्धको जागरूकता दिवस अवसर विशेष ।

यता भोकै राख्छौ घर घर हुने देव पितर
कता घुम्छौ साथी पर पर तिमी मन्दिरतिर
हुँदा ज्यूदो भोकै, वचनधनले पेट भरियो
मरे दानी बन्छौ वसन डसना दान थरिको ।।१

चिसो निस्तो खाना गनगन गरी बेर दिइने
मिठो बोली बोल्दा मुख जिभ कहाँ हो र खिइने
कुरा सानो होओस् तर पनि बढाएर बिटुलो
जता लान्छौ जाने खुरुखुरु कुरा हो अनि कुलो ।।२

घुमी पालो फिर्ला समय गतिको चाल लहरी
घडी घुम्दै घुम्दै अनि पनि उहीँ पुग्छ जसरी
बिती जाने चोला तर पनि भयो भेद यसरी
समावेशी भन्छौ तर पनि यही खेद छ हरि ।।३

ठुला वक्ता आफू फरफर गरी भासण दियौ
भिरी माला टीका अबिर सँग शोभा शुभ थियौ
चुनावी नारामा पनि सब कुरा यी क्रमगत
थियौ है राखेका तर पनि कुरा हुन् मनगत ।।४

बुढो पुस्तालाई नगद गहना के मतलब
मिठो बोली भाषा भरसक मिले हुन्छ सुयश
अरूलाई भन्छौ विषयगत जान्ने कति थरी
पुगेनन् खै आँखा यस विषयमा के र कसरी ।।५

बुवा आमा हाम्रा सृजक असली देव सरिका
यिनै भित्रै हुन्छन् कति कति सयौं तीर्थ सरिता
उनैको आत्मा हो हर प्रहर चल्ने घट घट
उनी बिर्सी हामी किन किन बनेका हत सठ ।।६

कतै खेतीपाती अनि छर तथा जोत गरिँदा
हुँदा पूजाआजा व्रत मरणका कार्य गरिँदा
ठुला रोगव्याधी जब जब कहीँ पर्दछ जहाँ
बुढो पुस्ताबाटै खुरुखुरु सिकौला सब यहाँ ।।७

समस्या पर्ने छन् नव विविध खाले जब जब
पुराना ती हाम्रा प्रचलन नियाल्नू मनगत
कुनै यौटा पारी दिवस अथवा पर्व नगर
बुवा आमालाई हर दिन खुसी पार सरर ।।८

०००
बैजनाथ १, चिसापानी, बाँके
२०८२असार १ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x