साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस वन्दना !!

निलुँ जति पेट भरिन्न रित्तो सुस्वादु कस्तो तिमी भैदिएको बाँडेर कृपा दिनहुँ नथाके खाली ढुकुटी कहिल्यै नराखे । इमान त्यागूँ सब चिज त्यागूँ पछाडि तिम्रै कसी टुप्पी लागूँ थैला भरे दौलतले, दुहाई ! श्याम -श्वेतको मतलब के मलाई ?

Nepal Telecom ad

युगल बसेल :

ए घुस प्यारो, नजिकै त आऊ
मलाई आफ्नो हितको बनाऊ
ममाथि हुकुम बरु चलाऊ
दबााउँछु जाँगरी भै म पाउ।

पाऊँ तिमीलाई जुनी सपारूँ
कङ्गाली मेरो नजिकै नपारूँ
नाचूँ रमाऊँ अनि गीत गाऊँ
तिम्रै भई दास जुनी बिताऊँ।

तिम्रो कलेवर छ सधैं उजेलो
देऊ किरण मैकन खोली दैलो
लोभिन्छ यो दिल किन मिच्छिँदैन
तिमी बिना छैन मलाई चैन ।

तिमी भए धन्य हुनेछ चोला
यो जिन्दगी झलमल हुन्छ होला
मिलोस् अपयश सबै सहुँला
सुर्ता पछुतो कहिल्यै नहोला ।

निलुँ जति पेट भरिन्न रित्तो
सुस्वादु कस्तो तिमी भैदिएको
बाँडेर कृपा दिनहुँ नथाके
खाली ढुकुटी कहिल्यै नराखे

इमान त्यागूँ सब चिज त्यागूँ
पछाडि तिम्रै कसी टुप्पी लागूँ
थैला भरे दौलतले, दुहाई !
श्याम -श्वेतको मतलब के मलाई ?

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x