खगेन्द्र नेउपानेअण्डा राजनीति
आग्रहकाे मैदानमा मडारिएर चश्माकाे पर्दाभित्र आँखा झर्किन थालेकाे छ अमलेट बनाउँनुपर्ने अण्डा उसिनिएकाे छ उसिन्नुपर्ने अण्डा अमलेट बनाइएकाे छ ।

खगेन्द्र नेउपाने :
वर्षकाे एकपल्ट मेराे घर नजिक आएर
वरकाे झ्याम्म रुखमा
सुटुक्क लुकेर
मलाई साेध्छ
ए ! तँ काे हाे ?
र आफैं हराउँछ
उम्रिरहेका बनमा टाढा कतै ।
मेरो आयतन सानाे छ
म आफ्नु सानाे आयतनमा अटाउँदिन
सबै कुरा संभव छ, खाली म असंभव छु ।
मेराे हात फाेहर छ
यसलाई काटिदिनु पर्याे
धुनु बेकार छ यसलाई
पानी गन्हाउँछ
साबुन लाउनु पनि बेकार छ ।
याे ठाउँकाे टुङ्गो नलाग्ने सडकमा
बजारिन्छन् मान्छेका दिमाग
खप्पर निकालिन्छन्
हजारौं हातले बजाएका थपडीकाे आवाजमा
कृत्रिम बाैद्धिकतामा
निहुँ मात्रै खाेज्छ मान्छे
जातमा भात माेलेर राजनीतिकाे भाेज चलेकाे छ
म
हरेक दिन
सपनाको डङ्गुरमा
अस्तित्ववकाे झुम्राे सल्काउँछु ।
आग्रहकाे मैदानमा मडारिएर
चश्माकाे पर्दाभित्र
आँखा झर्किन थालेकाे छ
अमलेट बनाउँनुपर्ने अण्डा उसिनिएकाे छ
उसिन्नुपर्ने अण्डा अमलेट बनाइएकाे छ ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































