साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अण्डा राजनीति

आग्रहकाे मैदानमा मडारिएर चश्माकाे पर्दाभित्र आँखा झर्किन थालेकाे छ अमलेट बनाउँनुपर्ने अण्डा उसिनिएकाे छ उसिन्नुपर्ने अण्डा अमलेट बनाइएकाे छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

वर्षकाे एकपल्ट मेराे घर नजिक आएर
वरकाे झ्याम्म रुखमा
सुटुक्क लुकेर
मलाई साेध्छ
ए ! तँ काे हाे ?
र आफैं हराउँछ
उम्रिरहेका बनमा टाढा कतै ।

मेरो आयतन सानाे छ
म आफ्नु सानाे आयतनमा अटाउँदिन
सबै कुरा संभव छ, खाली म असंभव छु ।

मेराे हात फाेहर छ
यसलाई काटिदिनु पर्याे
धुनु बेकार छ यसलाई
पानी गन्हाउँछ
साबुन लाउनु पनि बेकार छ ।

याे ठाउँकाे टुङ्गो नलाग्ने सडकमा
बजारिन्छन् मान्छेका दिमाग
खप्पर निकालिन्छन्
हजारौं हातले बजाएका थपडीकाे आवाजमा
कृत्रिम बाैद्धिकतामा
निहुँ मात्रै खाेज्छ मान्छे
जातमा भात माेलेर राजनीतिकाे भाेज चलेकाे छ
म
हरेक दिन
सपनाको डङ्गुरमा
अस्तित्ववकाे झुम्राे सल्काउँछु ।

आग्रहकाे मैदानमा मडारिएर
चश्माकाे पर्दाभित्र
आँखा झर्किन थालेकाे छ
अमलेट बनाउँनुपर्ने अण्डा उसिनिएकाे छ
उसिन्नुपर्ने अण्डा अमलेट बनाइएकाे छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x