साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त

सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त ।

Nepal Telecom ad

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको छ।

मन्त्रालयका अनुसार मिति २०८३ साउन १९ गतेको निर्णयअनुसार तीनवटै प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य मनोनयन गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ।

यसै गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डङ्गोल र सदस्य-सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठ मनोनित हुनुभएको छ।

त्यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य-सचिवमा मोरङका भुपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ।

०००

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x