साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सापसद्वारा सर्जकहरु मोहन सिटौला र सुरेन उप्रेती सम्मानित

दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले सम्मान गर्नु भएको हो । उहाँहरुलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपीले सम्मान गरिएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ मङ्सिर २५ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका)लाई अभिनन्दन गर्‍यो । यसैगरी कवि सुरेन उप्रेती (क्यानडा)लाई “व्यथित काव्य डायस्पोरा सम्मान”बाट सम्मानित गर्‍यो ।

दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले सम्मान गर्नु भएको हो । उहाँहरुलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपीले सम्मान गरिएको थियो ।

दर्जनौं कृतिका सर्जक मोहन सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र कवि सुरेन उप्रेती पूर्व महासचिव हुनुहुन्छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि के. सी., अध्यक्ष लेकाली, प्राज्ञ बाबा बस्नेत, सम्मानित सर्जकहरु मोहन सिटौला र सुरेन उप्रेती, डा. दामोदर पुडासैनीले विशेष मन्तव्य राख्नु भएको थियो ।

कवि मुरारी सिग्देलले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानकी काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, भ्रष्टाचार विरुद्धका अभियन्ता हेम पाठक, वरिष्ठ समालोचकहरु प्रमोद प्रधान र प्रा. डा. गोविन्दमान सिंह कार्की, अनेसास केन्द्रीय सदस्यहरु तारा उप्रेती (क्यानडा) र सुमन वर्षा, अनेसास केन्द्रीय समितिका पूर्व महासचिव गणेश घिमिरे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, पत्रकार एवं समाजसेवी सुरेश आचार्य, साहित्यकारहरु युवराज नयाँघरे, विमल भौकाजी, डा. हरिप्रसाद सिलवाल, ठाकुर वेलबासे, राजेश खनाल, रुद्र अधिकारी, रितु कँडेल, डा. दामोदर पुडासैनी र नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x