साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियात्राकार अधिकारीको ‘डुल्दाको स्वाद’को विमोचन

विमोचित कृतिको समीक्षा साहित्यकार चिरञ्जीवी लामिछानेले गरेका थिए भने आर.सी. रिजाल, डा.निमेष निखिल, रामचन्द्र फुर्सती, बद्री पाठक, हयग्रीव आचार्य, शान्ति प्रियवन्दना लगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।

Nepal Telecom ad

हेटाैँडा । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा आज हेटौँडामा नियात्राकार रमेशमोहन अधिकारीको नियात्रासङ्ग्रह ‘डुल्दाको स्वाद’को विमोचन भएको छ ।

यस सङ्ग्रहमा अधिकारीको नेपाल र भारतको गरी २२ ओटा यात्रा नियात्राहरू समेटिएका छन् ।

विमोचित कृतिको समीक्षा साहित्यकार चिरञ्जीवी लामिछानेले गरेका थिए भने आर.सी. रिजाल, डा.निमेष निखिल, रामचन्द्र फुर्सती, बद्री पाठक, हयग्रीव आचार्य, शान्ति प्रियवन्दना, रजनी पौडेल, सम्प्रस पौडेल, नवीन दर्लामीलगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार डा.अर्पण पराजुली, डा.विश्वनाथ सन्जेल, सुवास खनाल, दीपक गौतम, प्रकाश कोइराला, राजकुमार लामिछाने, नीरा शर्मा, मसान उपासक, अनु रोक्कालगायतका साहित्यकारहरूसमेत उपस्थित थिए ।

संस्थाका सचिव नीलहरि ढुङ्गेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष कृष्ण घतानीले स्वागत गरेका थिए भने प्रमुख आतिथ्य जगदीश शर्माले गरेका थिए।

अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सो कार्यक्रम साहित्य सङ्गम तथा सिस्नुपानी नेपालको संयुक्त भवनमा सम्पन्न भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x