साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली गीत

बिरुवाले रुख हेरी जवान हुँदैछन् तिनै ठुला भएपछि कमान हुँदैछन् भगवान खोज्दै किन मन्दिर धाउनु श्रद्धापुर्वक छातीमा बाआमा अटाउनु ।

Nepal Telecom ad

जुनू घिमिरे :

एकै हुन्न रैछ दुई आँखाको हेराई
एउटा छ धमिलो अर्को भो पराई
हात काम्छन् थरथर गोडा उसै गरी
बुढेसकाल हुने रैछ जीवन कठैबरी

असमान लाग्दो रैछ एकै जीवन पनि
हिजोअस्ति अर्कै थिए गलिसकेँ मनी
समयको चक्रसँगै फन्कोमारी रहदा
कालले नै जित्ने रैछ सदा सर्वदा

बुडो बर पिपलले याद बोकेको छ
रुनु हुन्न भन्छ उसले आँसु रोकेको छ
आफ्नै शरीरको कथा पोखौँ कसरी
असहज लाग्छ जीवन लेखौँ कसरी

घाम पानी ढुङ्गा माटो पचाएर आएँ
हजार वटा जूनसँग पिरती नी लाएँ
यी कान र आवाजको मिलन हरायो
जिब्रो भित्रै लर्वरिदा कण्ठ नै डरायो

बिरुवाले रुख हेरी जवान हुँदैछन्
तिनै ठुला भएपछि कमान हुँदैछन्
भगवान खोज्दै किन मन्दिर धाउनु
श्रद्धापुर्वक छातीमा बाआमा अटाउनु ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x