सुरेशकुमार पाण्डेविदेशी भाषा !
मैले पत्याइनँ । यो केटोले विदेशी भाषा पढ्दा पनि फेल भैहाल्छ अनि विदेश जान्छु पनि भन्न छाड्छ । यस्तै सोचेर नपत्याई/नपत्याई जा न त भनिहालेँ ।

सुरेशकुमार पाण्डे :
‘परारको वर्ष आउँदा बाटैभरि गाई भैंसी र ग्वालाहरू देखिन्थे । सबैका बारीमा मकैका ठुलाठुला घोगाा लागेको देखिन्थे । अहिले गाउँ सुनसान कताकति खेत बारी पनि बाँझो देखियो त ?’ -मास्टर बिहारीलालले मनको कुरा राखे ।
‘हो नि मास्टर साहब, हिंजो आज त राजनीतिमा लागेका झोले बाहेक यो गाउँमा युवाहरू भेट्टिनै छाडे ।’ -गाउँका एकजना बुजुर्ग घनश्यामले समर्थन गर्दै भने ।
‘हजूर त रिटायर्ड हुनुभयो होला ?’ घनाश्यामले सोधे ।
‘हजूर, पोहरको वर्ष रिटायर्ड भएँ । अब बचेको समय साहित्यिक क्षेत्रमा रम्दै छु !’ – मास्टर बिहारिलालले भने ।
‘अनि हजुरको छोरा बालाराम कता छन् अचेल ?’ -मास्टरले प्रतिप्रश्न गरे ।
हजूरलाई त थाहा नै छ, बाह्र क्लासमा चारचोटीसम्म पढ्दा पनि पास भएन । हैरान कटायो । अन्तमा म पढ्न सकिनँ विदेश जान्छु बाबा भन्यो । मैले पत्याइनँ । यो केटोले विदेशी भाषा पढ्दा पनि फेल भैहाल्छ अनि विदेश जान्छु पनि भन्न छाड्छ । यस्तै सोचेर नपत्याई/नपत्याई जा न त भनिहालेँ । उसले त जापानी भाषा दुई महिनामै किलियर गर्यो । अहिले ऊ पनि जापान गएको छ !’ -घनश्यामले मास्टर बिहारीलालतिर हेरेर खिसिक्क हाँस्तै आफ्ना दाँंत झरेका गिँजा देखाए ।
‘चार वर्षसम्म बाह्रमा फेल भएको बालाराम कसोगरी दुई महिनामै पास भएछ !’ -मास्टर बिहारिलालले छक्क परेर घनश्यामको अनुहार हेरिरहे !!
०००
घोराही १८, दाङ
Subscribe
Login
0 Comments
Oldest







































