साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशी भाषा !

मैले पत्याइनँ । यो केटोले विदेशी भाषा पढ्दा पनि फेल भैहाल्छ अनि विदेश जान्छु पनि भन्न छाड्छ । यस्तै सोचेर नपत्याई/नपत्याई जा न त भनिहालेँ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

‘परारको वर्ष आउँदा बाटैभरि गाई भैंसी र ग्वालाहरू देखिन्थे । सबैका बारीमा मकैका ठुलाठुला घोगाा लागेको देखिन्थे । अहिले गाउँ सुनसान कताकति खेत बारी पनि बाँझो देखियो त ?’ -मास्टर बिहारीलालले मनको कुरा राखे ।

‘हो नि मास्टर साहब, हिंजो आज त राजनीतिमा लागेका झोले बाहेक यो गाउँमा युवाहरू भेट्टिनै छाडे ।’ -गाउँका एकजना बुजुर्ग घनश्यामले समर्थन गर्दै भने ।

‘हजूर त रिटायर्ड हुनुभयो होला ?’ घनाश्यामले सोधे ।
‘हजूर, पोहरको वर्ष रिटायर्ड भएँ । अब बचेको समय साहित्यिक क्षेत्रमा रम्दै छु !’ – मास्टर बिहारिलालले भने ।

‘अनि हजुरको छोरा बालाराम कता छन् अचेल ?’ -मास्टरले प्रतिप्रश्न गरे ।
हजूरलाई त थाहा नै छ, बाह्र क्लासमा चारचोटीसम्म पढ्दा पनि पास भएन । हैरान कटायो । अन्तमा म पढ्न सकिनँ विदेश जान्छु बाबा भन्यो । मैले पत्याइनँ । यो केटोले विदेशी भाषा पढ्दा पनि फेल भैहाल्छ अनि विदेश जान्छु पनि भन्न छाड्छ । यस्तै सोचेर नपत्याई/नपत्याई जा न त भनिहालेँ । उसले त जापानी भाषा दुई महिनामै किलियर गर्‍यो । अहिले ऊ पनि जापान गएको छ !’ -घनश्यामले मास्टर बिहारीलालतिर हेरेर खिसिक्क हाँस्तै आफ्ना दाँंत झरेका गिँजा देखाए ।

‘चार वर्षसम्म बाह्रमा फेल भएको बालाराम कसोगरी दुई महिनामै पास भएछ !’ -मास्टर बिहारिलालले छक्क परेर घनश्यामको अनुहार हेरिरहे !!

०००
 घोराही १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x