साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अग्रजपुस्ता चासो

नयाँ पुस्ता हल्का ठान्छ परम्परा पनि किन बिर्से इतिहास राम्रो संस्कार भनी ? पहिले झै बा-आमाको गर्न छाडे मान कृतज्ञ भै आदर गर्ने देखिएन ध्यान ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौडेल :

बा-आमाको काखमा हुक्र्या बाल्यकाल प्रसङ्ग
सम्झी सम्झी मन हुन्छ भित्रभित्रै दङ्ग

रिती दिए, संस्कार दिए सफल बनोस् भनी
ती गुनहरू घुम्छन् मनमा आजसम्म पनि

खेतिपाती दुखजेलो गर्नु गरे ठुलो
महङ्गीले चेप्दा पनि घरमा बाले चुलो

गरिवीका कष्ट थिए घरमा एकातिर
तर पनि झुक्न देनन् लालाबाला शिर

बर्बरी नै आँसु झर्छ सम्झेर ती गुन
साना थेनन् ती योगदान आज यत्ती हुन

त्यस्तो मायाँ कहाँ पाउनु आजकालको दिन ?
बिगतप्रति कृतज्ञ छु मनमा हरेक छिन

नयाँ पुस्ता हल्का ठान्छ परम्परा पनि
किन बिर्से इतिहास राम्रो संस्कार भनी ?

पहिले झै बा-आमाको गर्न छाडे मान
कृतज्ञ भै आदर गर्ने देखिएन ध्यान

समयको अन्तरालमा समाज नौलो भयो
अग्रजपुस्ता प्रति चासो कमजोर हुँदै गयो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
0
Would love your thoughts, please comment.x
()
x