साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

यी मेरा आँखा आँसुले भिजे आँसुमै डुब्दछ्यौ नभने पनि मनको कुरा तिमी नै बुझ्दछ्यौ आमाको जस्तो निस्वार्थ माया पैसाले दिदैन देवता स्वयम् आए नि यहाँ आमाझैँ हुँदैन ।

Nepal Telecom ad

जुनू घिमिरे :

भोकमा तिमी खाना हौ आमा तिर्खामा हाै पानी
दुखेको बेला यो शिर राख्ने तिमी हाै सिरानी
लुपुक्क सुतेँ आमा म तिम्रो निदाएँ काखैमा
मजस्तै काेमल मजस्तै शिशु सपना आँखैमा ।

असारे झरी झरे नि आमा पाली हाै तिमी त
सृष्टिको फूल उमार्ने आमा माली हाै तिमी त
कसरी सक्छु बयान गर्न धरती माताकाे
तिमी हाै आमा थकाइ मार्ने चाैतारी बाटाकाे ।

न भन्छ्याै जाडो न गर्मी ताताे सहेर हाँसेकी
हिमालजस्तो सुरम्य प्रेम छातीमा टाँसेकी
महिमा आमा गाएर तिम्रो कसरी सक्दछु
भगवान् भन्दा हौ माथी आमा श्रद्धाले झुक्दछु।

पहाड जस्तो मोहक तिमी छौ सारै सिपालु
आमाझैँ अरू हुँदैन यहाँ कोमल दयालु
यो सृष्टि माथी दुधको धारा सिंचाइ गरेर
चुसायौ आमा ती छाती तिम्रा मनता भरेर ।

यी मेरा आँखा आँसुले भिजे आँसुमै डुब्दछ्यौ
नभने पनि मनको कुरा तिमी नै बुझ्दछ्यौ
आमाको जस्तो निस्वार्थ माया पैसाले दिदैन
देवता स्वयम् आए नी यहाँ आमाझैँ हुँदैन ।

आमाको गाथा गाएर यहाँ कसैले सक्दैन
पशुमा पनि आमाको नाता फरक पर्दैन
आमाको बोली उक्तिझैँ हुन्छ आमा नै संसार
पहिलो ज्ञान पहिलो गुरु आमा हुन् उज्वर ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

जुनू घिमिरे
मैले बा चिनेँ

मैले बा चिनेँ

जुनू घिमिरे
बुढ्यौली गीत

बुढ्यौली गीत

जुनू घिमिरे
मेरा जवान बा

मेरा जवान बा

जुनू घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x