साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

एक सहभागी : यस्तो दुःख परेको बेला पनि ठट्टा गर्ने हो? बस्नुस् त्यो कुर्सीमा ! साथी : अनि किन पुत्रलाई पुत्री भनेको त ?

Nepal Telecom ad

अमर अधिकारी :

१.
दुई साथीबीचमा कुराकानी-
नितेश : किन यती धेरै फेसबुक एकाउन्ट बनाएका छौँ ब्रो ?
रितेश : के गर्नु? लाइक कमेन्ट कम आउनथाल्यो त्यै भएर पहिले आफै दनादन हान्दिने हो लाइक कमेन्ट ! अनि अरुले थप्छन् ।

२.
बसमा सहचालकले यात्रुहरुसँग भाडा उठाउँदै-
सहचालक : लौ सबैजनाले भाडा मिलाउनुस् ! भाडा मिलाउनुस् !!
एक यात्रु : भाडा के नेता हो र मिलाउने, सधैँ झगडा मात्र गर्छन्, नेताहरु मिल्नै सक्दैनन् । भाडा त मिलिहाल्छ नि, यी लौ भाडा !

३.
एक ग्राहक पसलमा छिरेछन्-
ग्राहक : साहुजी, सामसुङ ग्यालेक्सीमध्ये कुन चाहीँ सस्तो र राम्रो छ देखाउनुस् त ।
पसले : तपाईं मोबाइल पसलमा छिर्नुपर्ने मान्छे काँ मार्बल पसलमा छिर्नुभाको ? साइनबोर्डमा लेखेको मार्बल अक्षर चिन्नु भएन कि क्या हो ?

४.
एकजना शेयर कारोवारी बसमा यात्रा गर्दै-
सहचालक : वनस्थली झर्ने कोही हुनुहुन्छ ?
यात्रु ः कुन कम्पनीको बोनस बाँड्ने थलो छ र भाइ यहाँ ? बोनसथली भनिराछौ।

५.
क्रियापुत्री भवनमा एकजना साथी क्रियापुत्री भेट्न गए-
साथी : यहाँ त क्रियापुत्र मात्र देख्छु क्रियापुत्री खोई त ?
एक सहभागी : यस्तो दुःख परेको बेला पनि ठट्टा गर्ने हो? बस्नुस् त्यो कुर्सीमा !
साथी : अनि किन पुत्रलाई पुत्री भनेको त ?

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x