फित्काैली डटकमघुम्ती कविगोष्ठी नेपालको १४१ औँ शृङ्खला सम्पन्न
कार्यक्रम घुम्तीका उपाध्यक्ष एवम् यात्री पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको सभापतित्व र वासुदेव गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

काठमाडौँ, २०८१ भाद्र ८ । घुम्ती कविगोष्ठी नेपालको १४१ औँ शृङ्खलाको कवितावाचन यात्री पुस्तकालय कपन, खरीबोटमा भएको थियो ।
घुम्तीका उपाध्यक्ष एवम् यात्री पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको सभापतित्व र वासुदेव गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथिहरूमा बुनपा वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, डा. शैलेन्दुप्रकाशन नेपाल हुनुहुन्थ्यो भने अतिथिहरूमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, डा. कृष्ण सुवेदी, डा. मधुसूदन पाण्डे, दुर्गा अधिकारी भमरकोटे, घुम्तीका सल्लाहकार एवम् संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, पत्रकार विनोद दाहाल वत्स, विमल अर्याल हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शम्भु भट्टराईले आफ्नो कार्यकाल कहिल्यै पनि औँला उठाउने नबनेको बताउँदै सधैँ असल कार्य गरेको र जनतासँग रही जनआकाङ्क्षाअनुरूप कार्य गरेकाले दुई कार्यकालसम्म सबैले पत्याएको कुरा गर्नुभयो । वहाँले आफू साहित्य र साहित्यकारको पक्षमा रहेको बताउँदै साहित्य र संस्कृतिको जगेर्ना गर्न सधैँ लागिपरेको र लागिपर्ने कुरा बताउनुभयो । अर्का वक्ता एवम् समीक्षक गोविन्द घिमिरे वेदमणिले साहित्य अभिधार्थ नभई व्यञ्जनामा हुनुपर्ने कुरा बताउँदै राजनीतिक व्यङ्ग्यमात्र होइन सामाजिक, धार्मिक विसङ्गतिमाथि पनि व्यङ्ग्य गर्नुभयो । त्यस्तै सल्लाहकार प्रदीपरत्न शाक्यले संस्थापक भनेको स्थापना गर्नेमात्र हुनुपर्नेमा स्थापनापछि जोडिएका पनि संस्थापक भनिएकोमा सच्याउनुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा अन्य अतिथिहरूले पनि घुम्ती कविगोष्ठी नेपालको सराहना गर्दै आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
बिहान ८ बजे सञ्चालन भएको उक्त कार्यक्रममा घुम्तीका अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो । त्यस पछि रचना वाचन गर्नेहरूमा सुसील आचार्य, महेश्वर खनाल, होमशङ्कर बाँस्तोला, भोजराज रेग्मी मुखाले, परशुराम पराशर, मिसन अधिकारी, बिसुकुमार केसी, डा.कृष्ण सुवेदी भारद्वाज मित्र, डा.मधृसूदन पाण्डे, दुर्गा अधिकारी भमरकोटे, शारदा पराजुली, विनोद दाहालवत्स, राजेशमान केसी, शिवराम घिमिरे, कविता दाहाल, गीता मिश्र, ओमकार नेपाल, विश्वनाथ तामाङ, विमल अर्याल, प्रदीपरत्न शाक्य, नारायण नेपाल, सविता पोखरेल, पर्शुराम अधिकारी, रामकुमार पण्डितलगायत अतिथि, प्रमुख अतिति र अतिथिहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन घुम्तीका सचिव रामकुमार पण्डितले गर्नुभएको थियो । कार्यक्रमपश्चात् सहभोजन गरिएको थियो ।
०००
– परशुराम पराशरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































