साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा जवान बा

ऊ पत्याउँदैन बुढो हजुरबुबा त्यति जवान हुन्छन् भनेर हो मेरा बा, सधैँ जवान भएर मेरै नातिको पनि बुवा हुनुभएको छ ।

Nepal Telecom ad

जुनू घिमिरे :

मेरा बा,
बडिबाले जस्तो,
मैलो कमिज लगाउनु हुन्नथ्यो
माइलाबाको जस्तो,
च्यातिएको ज्वारीकोट पनि थिएन
साथीहरूको बा जस्तो
छेउमा पुग्दा ठुस्स पसिना गनाउनु हुनुहुन्नथ्यो
मेरा बा त सधैँ, चिटिक्क परेर
आमाको कन्तुरमा बस्नुहुथ्यो कपुरको बास्नासँगै ।

जब मेरो कलिलो मस्तिकले
सम्बन्ध छुट्याउन थाल्यो
हो त्यही बेला
काखमा राखेर मलाई
कन्तुरका बा चिनाउनु भएको थियो आमाले ।

समयसँगै जीवन कुदिरह्यो
हामी पछ्याउँदै हिँड्यौँ
आमा बुढी भएर थोते मकै झैँ हुनु भयो
बडिबा, कान्छाबा,
हिउँ पग्लेर सकिएपछि पहाड ठुटो भए झैँ हुनुभयो
तर मेरा बा,
सधैँ जवान भएर भित्तामा उभिनु रहनु भयो ।

फुलेको कपाल, चाउरिएको अनुहार बोकेर
मेरी आमाले झैँ,
काखमा नाति लिएर
मेरा बा चिनाउँछु
तर त्यो कलिलो मान्छेले
मलाई हजुरबा भन्छ
बालाई बुवा भन्छ
ऊ पत्याउँदैन बुढो हजुरबुबा
त्यति जवान हुन्छन् भनेर
हो मेरा बा,
सधैँ जवान भएर
मेरै नातिको पनि बुवा हुनुभएको छ
तर मलाई भित्र कताकता घोचिरहन्छ
कास मेरा बा पनि बुढो हुनुभएको भए
यो तन्नेरी फोटोमा हेरेर बा भन्नु त पर्ने थिएन ।

०००
धनकुटा
हाल- दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x