साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो भयो !

बुढाले सबैभन्दा पहिले मूल्य हेरे अनी पाँच सएवाला हातमा लिए र भने बाबु अब म बुढो भएँ धेरै महँगो स्वाउँदैन यही लगाउँछु ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

बुढालाई पनि यति महँगो कोट ? अलि सस्तो भेटाउनु भएन ?- फुर्कीले कोटको मूल्य लेखेको स्टिकर देखाउँदै आफ्नो लोग्नेको नजिक आएर सुस्तरी भनी ।
बाले सुनेभने फसाद पर्छ सुस्त बोल न ! – रामनरेशले आफ्नो चोरऔंला ओंठमा लग्दै सुस्तरी भन्यो ।
बाबा सुतेकाछन् !- फुर्कीले सटिक उत्तर दिई ।
होइन तिमीले मेरो कुराको उत्तर किन दिएनौ ? अलि सस्तो थिएन कोट र यो चार हजार रूपियाँ हाली बुढालाई के बनाउन खोजेको हजूरले ?- फुर्कीले फेरि निदार खुम्चाउँदै प्रश्न थपी ।

मूल्यमात्रै नहेर न कस्तो लाग्यो तिमीलाई कोट ? रामनरेशले प्रतिप्रश्न गर्‍यो । कोट त राम्रो छ । तर धन पनि त यति धेरै दिएछौँ !- यो बाबाको कोट लिलामी हो क्या !- रामनरेशले भन्यो ।
केरे ! लिलामी कोट ? लिलामी पनि यती महँगो ?- उसले आफ्नो दाँतले जिब्रो टोक्दै आश्चर्य प्रकट गरी ।
यो मेरो कोटको मूल्यको स्टीकर त्यहाँबाट झिकेर यसमा लगाको हो । बाबालाई रोजाउँछु हाम्रो साइज एउटै हो । रामनरेशले भन्यो ।
बाबाले तिम्रो रोजिहाले भने ? फुर्कीले भनी ।
त्यसमा यसको स्टिकर छ जम्मा पाँच सएको । यसमा छ चार हजारको । बाबाले यही रोज्छन् !- रामनरेशले भन्यो ।
बुढाले भित्रबाट सबैकुरा सुनिरहेका थिए ।

एकछिन पछि बुढा उठेर हात मुख धोए र किचनमा आए ।
-बाबा आज हजूरलाई हामीले कोट ल्याएका छौँ कुन राम्रो लाग्छ ? दुबै कोट देखाउँदै रामनरेशले भन्यो ।
बुढाले सबैभन्दा पहिले मूल्य हेरे अनी पाँच सएवाला हातमा लिए र भने बाबु अब म बुढो भएँ धेरै महँगो स्वाउँदैन यही लगाउँछु ।
-होइन बाबा हजूरलाई भनेर त यो ल्याएको ?
-भयो बाबु यो तिमीले लगाए ।

दुबै लोग्ने स्वास्नी चित् परे र एक अर्काको मुख हेराहेर गरेको गर्‍यै भए ।

०००
घोराही- १८, दाङ
२२-०७-२०२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x