सुरेशकुमार पाण्डेउल्टो भयो !
बुढाले सबैभन्दा पहिले मूल्य हेरे अनी पाँच सएवाला हातमा लिए र भने बाबु अब म बुढो भएँ धेरै महँगो स्वाउँदैन यही लगाउँछु ।

सुरेशकुमार पाण्डे :
बुढालाई पनि यति महँगो कोट ? अलि सस्तो भेटाउनु भएन ?- फुर्कीले कोटको मूल्य लेखेको स्टिकर देखाउँदै आफ्नो लोग्नेको नजिक आएर सुस्तरी भनी ।
बाले सुनेभने फसाद पर्छ सुस्त बोल न ! – रामनरेशले आफ्नो चोरऔंला ओंठमा लग्दै सुस्तरी भन्यो ।
बाबा सुतेकाछन् !- फुर्कीले सटिक उत्तर दिई ।
होइन तिमीले मेरो कुराको उत्तर किन दिएनौ ? अलि सस्तो थिएन कोट र यो चार हजार रूपियाँ हाली बुढालाई के बनाउन खोजेको हजूरले ?- फुर्कीले फेरि निदार खुम्चाउँदै प्रश्न थपी ।
मूल्यमात्रै नहेर न कस्तो लाग्यो तिमीलाई कोट ? रामनरेशले प्रतिप्रश्न गर्यो । कोट त राम्रो छ । तर धन पनि त यति धेरै दिएछौँ !- यो बाबाको कोट लिलामी हो क्या !- रामनरेशले भन्यो ।
केरे ! लिलामी कोट ? लिलामी पनि यती महँगो ?- उसले आफ्नो दाँतले जिब्रो टोक्दै आश्चर्य प्रकट गरी ।
यो मेरो कोटको मूल्यको स्टीकर त्यहाँबाट झिकेर यसमा लगाको हो । बाबालाई रोजाउँछु हाम्रो साइज एउटै हो । रामनरेशले भन्यो ।
बाबाले तिम्रो रोजिहाले भने ? फुर्कीले भनी ।
त्यसमा यसको स्टिकर छ जम्मा पाँच सएको । यसमा छ चार हजारको । बाबाले यही रोज्छन् !- रामनरेशले भन्यो ।
बुढाले भित्रबाट सबैकुरा सुनिरहेका थिए ।
एकछिन पछि बुढा उठेर हात मुख धोए र किचनमा आए ।
-बाबा आज हजूरलाई हामीले कोट ल्याएका छौँ कुन राम्रो लाग्छ ? दुबै कोट देखाउँदै रामनरेशले भन्यो ।
बुढाले सबैभन्दा पहिले मूल्य हेरे अनी पाँच सएवाला हातमा लिए र भने बाबु अब म बुढो भएँ धेरै महँगो स्वाउँदैन यही लगाउँछु ।
-होइन बाबा हजूरलाई भनेर त यो ल्याएको ?
-भयो बाबु यो तिमीले लगाए ।
दुबै लोग्ने स्वास्नी चित् परे र एक अर्काको मुख हेराहेर गरेको गर्यै भए ।
०००
घोराही- १८, दाङ
२२-०७-२०२३
Subscribe
Login
0 Comments
Oldest






































