साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

ज्यादा शक्ति प्रभावका मुलुक ती, बन्लान् र ! के रक्षक । अन्तर्राष्ट्रिय शक्ति कानुन मिची, बन्लान् खुबै भक्षक ॥ साना शक्ति र निर्धनी मुलुकमा, मिल्दैन उम्दा धन । बाठा शासक शक्ति राष्ट्र सबले, पार्लान् धुलो जीवन ॥

Nepal Telecom ad

के.पी.पौडेल :

(रुसयुक्रेन युद्धबाट भविष्यमा निम्तिन सक्ने गम्भीर असरहरू)

जाग्यो युद्ध प्रचण्डले यदि भने, होला खुबै दुर्गति ।
सारा पक्ष विपक्ष राष्ट्रहरूमा, जाग्ला खराबी मति ॥
जाली चाल विनाशका कदमले, बढ्ला दशा बेसरी ।
पापी कर्म लडाइँका कहरले, होला भलो के गरी ?॥-१

जाडोदेखि रिसाउने कदमले, पग्लन्न सारा हिउँ ।
चुक्ली कर्म छुल्याइँ युद्ध छलको, चाहिन्न ज्यादा निहुँ ॥
सोचेनन् किन युद्धभक्त रुसले, युक्रेनले मर्मले ?!
तेस्रो घातक विश्वयुद्ध थलमा, जाग्ला खुबै होडले ॥-२

सारा ती हतियार उच्च वमका, क्षेप्यास्त्रका भेदन ।
यस्ता उग्र प्रयोगका कहरले, पार्लान् धरा छेदन ॥
जोड्दै छन् हतियार हुन्छ खतरा, मान्छे रुँदैछन् बरा ।
पड्क्यो त्यो वम हाइड्रोजन भने, बन्लिन् खरानी धरा ॥-३

यस्तो चोट विनाश खप्नु कसरी, अन्धा बने शासक ।
आफ्ना स्वार्थ र लाभका कहरले, साँढे बने नायक ॥
यस्ता युद्ध खुबै भए विगतमा, चेत्दैन मान्छे किन ?।
धर्तीका सब जीवजन्तु भवका, मासिन्छ है जीवन ॥-४

जेलेस्की अति राष्ट्रभक्तपनको, सङ्घर्षमा उत्रिए ।
सत्तामोह र स्वार्थका पुटिन ती, हुँङ्कारले चम्किए ॥
कालो बादल घुम्छ रम्छ नभमा, फिक्का भयो चन्द्रमा ।
मासिन्छन् नर दम्भका कहरले, त्यो युद्धको पर्वमा॥-५

पानी, वायु, अकास, तेज, पृथिवी, ब्रह्माण्डका तत्व हुन् ।
यो संसार चलाउने सहजका, उम्दा भला सार हुन् ॥
यो धर्ती नभ वायुमण्डल छटा, मान्लान् खुबै झन्झट ।
यस्ता युद्ध विनाशका कदमले, जाग्छन् ठुला सङ्कट ॥-६

झर्ना, ताल, हिमाल, सागर, नदी, खानी, जिमी, पत्थर ।
हाम्रा प्राकृत सम्पदा अवनिका, बन्लान् खुबै जर्जर ॥
सारा जीवहरू वनस्पति सबै, टिक्लान् र के यी सब ?।
साझा यो घरको यसै अवनिको, अस्तित्व गुम्लान् अब ॥-७

लाग्लान् पक्ष विपक्षमा नरहरू, बन्लान् वृथा पण्डित ।
होलान् खण्डित देश विश्व जगका, बन्लान् दुखी शासित ॥
फस्लान् देशहरू अनेक गुटमा, बढ्लान् समस्या खुबै ।
चल्लान् शासक बाह्य शक्ति मतले, गुम्ने छ सुद्धी सबै ॥-८

ज्यादा शक्ति प्रभावका मुलुक ती, बन्लान् र ! के रक्षक ।
अन्तर्राष्ट्रिय शक्ति कानुन मिची, बन्लान् खुबै भक्षक ॥
साना शक्ति र निर्धनी मुलुकमा, मिल्दैन उम्दा धन ।
बाठा शासक शक्ति राष्ट्र सबले, पार्लान् धुलो जीवन ॥-९

०००
बट्टार, नुवाकोट । हाल ः बालाजु, काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x