सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुक्तकमा दोहोरी

जे कुरा पनि भोगेर पाइन्छ नपाइने फल ढोगेर पाइन्छ मनले बोलाउदा ढुङ्गा बोल्छ यो जमानामा के सोचेर पाइन्छ ?

Nepal Telecom ad

टङ्कबहादुर आले :

केटाः
हिजो भन्दा आज दिन धुमिएको छ किन
यत्नले सजाको त्यो रुप कुमिएको छ किन
ए हावा भन्देऊ उसलाई दीर्घ रीसले रोग हुन्छ
निन्द्रा आएन कि आँखा सुनिएको छ किन ?

केटीः
ए चरा भन्दे त्यो मुसोको मुख हेर्नु छैन
लड्नै खोज्ने त्यो टुसोको मुख हेर्नु छैन
हामी आफ्नै पनमा रम्ने मनुख्य परियो
हावा थाम्न नसक्ने बुटोको मुख हेर्नु छैन ।

केटाः
उफ्फ ! कसैलाई त सुबुद्धि देऊ ईश्वर
ख्याम्सो छुइन पाउँदैनौ कि भेउ ईश्वर
हुने खानेको छोरो परियो ढाँट्या होइन
साह्रै चिप्लो पर्‍यो कि खोलाको लेउ ईश्वर

केटीः
गम्दा त ढङ्गको लागेन मलाई
त्यो पक्की रङ्गको लागेन मलाई
भनेर के गर्नु नि भित्र अर्कै हुन्छ
भोलि त उमङ्गको लागेन मलाई ।

केटाः
जे कुरा पनि भोगेर पाइन्छ
नपाइने फल ढोगेर पाइन्छ
मनले बोलाउदा ढुङ्गा बोल्छ
यो जमानामा के सोचेर पाइन्छ ?

केटीः
अहो ! कुरा त भुटुन परे जस्तो होला
कसैको थानी बायु सरे जस्तो होला
भविष्यमा मुटु खाला सोला हान्ला
जानि जानि यो नाम दरे जस्तो होला ।

केटी : (मोबायल हेरेर दगुर्दै )
आम्मै ! चार बजेछ बुबाले मार्ने भए ।

केटाः आऊ बस ब्यागैमा घुर्र पुर्‍याई दिए ।

०००
सिन्धुली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ८१

बेलाको बोली- ८१

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज जाेशी