साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकमा दोहोरी

जे कुरा पनि भोगेर पाइन्छ नपाइने फल ढोगेर पाइन्छ मनले बोलाउदा ढुङ्गा बोल्छ यो जमानामा के सोचेर पाइन्छ ?

Nepal Telecom ad

टङ्कबहादुर आले :

केटाः
हिजो भन्दा आज दिन धुमिएको छ किन
यत्नले सजाको त्यो रुप कुमिएको छ किन
ए हावा भन्देऊ उसलाई दीर्घ रीसले रोग हुन्छ
निन्द्रा आएन कि आँखा सुनिएको छ किन ?

केटीः
ए चरा भन्दे त्यो मुसोको मुख हेर्नु छैन
लड्नै खोज्ने त्यो टुसोको मुख हेर्नु छैन
हामी आफ्नै पनमा रम्ने मनुख्य परियो
हावा थाम्न नसक्ने बुटोको मुख हेर्नु छैन ।

केटाः
उफ्फ ! कसैलाई त सुबुद्धि देऊ ईश्वर
ख्याम्सो छुइन पाउँदैनौ कि भेउ ईश्वर
हुने खानेको छोरो परियो ढाँट्या होइन
साह्रै चिप्लो पर्‍यो कि खोलाको लेउ ईश्वर

केटीः
गम्दा त ढङ्गको लागेन मलाई
त्यो पक्की रङ्गको लागेन मलाई
भनेर के गर्नु नि भित्र अर्कै हुन्छ
भोलि त उमङ्गको लागेन मलाई ।

केटाः
जे कुरा पनि भोगेर पाइन्छ
नपाइने फल ढोगेर पाइन्छ
मनले बोलाउदा ढुङ्गा बोल्छ
यो जमानामा के सोचेर पाइन्छ ?

केटीः
अहो ! कुरा त भुटुन परे जस्तो होला
कसैको थानी बायु सरे जस्तो होला
भविष्यमा मुटु खाला सोला हान्ला
जानि जानि यो नाम दरे जस्तो होला ।

केटी : (मोबायल हेरेर दगुर्दै )
आम्मै ! चार बजेछ बुबाले मार्ने भए ।

केटाः आऊ बस ब्यागैमा घुर्र पुर्‍याई दिए ।

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x