साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आसन्न विश्वयुद्ध

सन्की जुझारु अझ उत्तर किरिया छ । क्षेप्यास्त्र चल्न शुरु भो अब विश्व युद्ध । धम्की इरान इजरायल माथि दिन्छ। भन्नै सकिन्न कसले कसमाथि हान्छ। छोड्छन् अरे बम न्युट्रन पार्छ ध्वस्त। बाँचिन्न लाग्दछ भएपछि विश्वयुद्ध।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

साम्राज्यवाद चुलियो मुख देख्छु रातो ।
चढ्दै बयो अब लडाइँ लिंदैछ सातो ।
युक्रेनमा रुस घुसी किन गर्छ द्वन्द्व।
तेस्रो लडिन्छ कि भयो अब विश्व-युद्ध ।१।

आतङ्कवाद निमुखा जति हाल्छ घान ।
इस्लाम भन्छ इजरायल माथि हान ।
झम्टे हमास र हुती यहुदी छ त्रस्त ।
थामिन्न भिड्न सिरिया पनि गर्छ युद्ध ।२।

भाले इरान उसको गुट छुद्र प्रोक्सी ।
डाहा गरेर यहुदीतिर लाग्छ बोक्सी ।
त्यो लेबनान पनि जुध्छ सदैव क्रद्ध ।
रोकिन्न विश्वभरिमा अब विश्व-युद्ध ।३।

ब्वाँसो छ चीन छिचरो लिन खोज्छ ज्यान।
खोज्दैछ निल्न सजिलैसित ताइवान।
त्यो चीन सागर हडप्तछ,छैन मुक्त।
संयुक्त राष्ट्र सँघ छेक्छ र विश्वयुद्ध ?।४।

नेटो अमेरिकन व्यर्थ छ छैन पाईं ।
जित्छन् मिले रुस र चीन सिधै लडाइँ ।
सन्की जुझारु अझ उत्तर किरिया छ ।
क्षेप्यास्त्र चल्न शुरु भो अब विश्व युद्ध ।५।

धम्की इरान इजरायल माथि दिन्छ।
भन्नै सकिन्न कसले कसमाथि हान्छ।
छोड्छन् अरे बम न्युट्रन पार्छ ध्वस्त।
बाँचिन्न लाग्दछ भएपछि विश्वयुद्ध।६।

डुक्रे धनाढ्य बलिया हतियारधारी ।
होला विनाश त परस्पर हार भारी ।
विज्ञानको प्रगति ताक्छ विनाश उग्र ।
अध्यात्म-शान्ति सिक रोक न विश्व-युद्ध। ७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x