साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडकाे शपथ

सायद उनले कम्युनिस्ट मेनिफेस्टाे पढेकै छैनन्

Nepal Telecom ad
कमरेड
भरखरै शपथ लिएर फर्केका छन्
उनलाई
केन्द्रीय महाधिवेशनकाे
प्रतिनिधि बन्ने चिट्ठा पर्याे
गौरवशाली पार्टीकाे
केन्द्रीय सदस्य बन्ने
अवसर पनि मिल्यो यसपालि ।
अब उनी
उहाँ कमरेड भएका छन्
पशुपतिनाथकाे पटकपटक दर्शन
देवीस्तुतिकाे साँझ बिहान वाचन
हनुमान चालीसाकाे साधना
अहिले सार्थक भएको छ उनको ।
यतिखेर
मलाई साेध्न मन छ
केही प्रश्न कमरेडसँग
सायद
उनले कम्युनिस्ट मेनिफेस्टाे
पढेकै छैनन्
पढेका छैनन् मात्रै कहाँ हाे र?
कस्तो छ मेनिफेस्टाे?
देखेकै छैनन्
के हो मेनिफेस्टाे ?
बुझेकै छैनन् ।
के हो लालसलामकाे रहस्य ?
मुट्ठी कसेर दाहिने हात
किन उठाइन्छ माथि?
उनलाई थाहा छैन
तर पनि उनी
उहाँ भएका छन्
अर्थात् गौरवशाली पार्टीको
केन्द्रीय सदस्य भएका छन् ।
उनीसँग
यी सरल र ज्वलन्त प्रश्नहरू पनि गर्नु छ मैले
मार्क्सकाे पूरा नाम के हो ?
स्टालिन किन तानाशाह मानिए ?
किन राखिएको छ
माओकाे शव सुरक्षित ?
किन ढालियाे
लेनिनको सालिक गर्ल्याम्म ?
किन साेभियत सङ्घकाे नक्सा
टुक्राटुक्रा भयाे ?
कसले भत्कायाे
बर्लिनकाे पर्खाल एकाएक?
गाेर्भाचाेभ
कसरी बिक्याे रातारात ?
काे हुन् –
हो चि मिन्ह, किम इल सुङ र फिडेल क्यास्ट्राे ?
किन थुनियाे
गाेन्जालाेलाई पिन्जरामा ?
पुष्पलाललाई
हिजो किन गद्दार भने ?
किन खसालियाे
मदन भण्डारीलाई दासढुङ्गाबाट ?
किन सुरु गरे
प्रचण्डले छापामार जनयुद्ध ?
के गर्दै छन् अहिले
माेहनविक्रम सिंह ?
किन भन्दै छन्
कार्यकर्ताहरू
के. पी. ओलीलाई बा ?
किन गलहत्याइए
माधव आफैंले बनाएको घरबाट ?
किन विपथनकाे बाटाे राेजे
बाबुराम भट्टराईले ?
अब अन्तिम प्रश्न
यसरी साेध्न मन लाग्यो –
कमरेड !
तपाईंले पार्टीको सदस्यता
कहिले काेसँग लिनुभएकाे थियोे ?
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब र कविता

हिसाब र कविता

घनश्याम न्यौपाने ‘परिश्रमी’
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x