साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो भएन के भो ?

चाहिन्न स्वर्ग अर्को आनन्द प्राप्ति निम्ति ! बाँचौंँ सधैं सबैको खाँचो बनेर बाँचौं !

Nepal Telecom ad

आगो भएन के भो झिल्को बनेर बाँचौं !
चीसो त हुन्छ मुर्दा ज्यूँदो बनेर बाँचौं !

खाल्डा धराप जस्ता छन् पुर्नलाई बाँकी !
सम्झेर कर्म धूलो माटो बनेर बाँचौं !

छाती छिया बनाई निर्धक्क छन् गडेका !
काँडा छ झिक्नु पर्ने तीखो बनेर बाँचौं !

बाटो बिराउनाले मान्छे हराउँदै छन् !
गन्तव्यसम्म लाने बाटो बनेर बाँचौं !

चाहिन्न स्वर्ग अर्को आनन्द प्राप्ति निम्ति !
बाँचौंँ सधैं सबैको खाँचो बनेर बाँचौं !

आँसू झरेर भैंमा भन्दैछ बूँदलाई
माहौल नै तताई तातो बनेर बाँचौं !

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x