फित्काैली डटकमजन्मभूमि नेपाल साहित्य समाजकाे ३६औँ शृङ्खला घटराज भट्टराई विशेष
संस्थाका संरक्षक प्रयागराज वाशिष्ठको निवास कपन फैकामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुन सभापति र साहित्यकार कोषराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
काठमाडौं । जन्मभूमि नेपाल साहित्य समाजले साहित्यकार घटराज भट्टराईको २० औँ स्मृतिकाे अवसर पारेर ३६औँ शृङ्खलाको कवि गोष्ठी सम्पन्न गरेकाे छ ।
संस्थाका संरक्षक प्रयागराज वाशिष्ठको निवास कपन फैकामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुन सभापति र साहित्यकार कोषराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
कार्क्रममा समुपस्थित विभिन्न स्रष्टाहरूले मन्तव्यसहित साहित्यकार घटराज भट्टराईप्रति श्रद्धा सुमन अर्पण गरे ।
कार्यक्रमको विषेश अतिथिमा साहित्यकार प्रह्लाद पोखरेल, डा. भुपप्रसाद धमला, डा. कृष्णप्रसाद भट्टराई, घटराज पत्नी प्रभा भट्टराई, संरक्षक प्रयागराज वाशिष्ठ, संरक्षक ओमप्रसाद कोइराला, सल्लाहकार प्राज्ञ चेतनाथ धमला, सल्लाहकार सीताराम गरुङ, विष्णुप्रसाद पन्त, कलानिधि दाहाललगायत हुनुहुन्थ्यो ।
अतिथिहरू राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकाेटे, हास्य कलाकार सुवोध गौतम, ओखल्ढुङ्गा कला साहित्य समाजका अध्यक्ष गोपाल विश्वकर्मा, साहित्यकार मुकुन्दराज दाहाल, साहित्यकार विनोद दाहाल वत्स, साहित्यकार बी के माकजू, साहित्यकार बालकृष्ण दाहाल, साहित्यकार जुमन किरण, कपनवानेश्वर साहित्यिक प्रत्रिकाका सम्पादक निबन्ध आचार्य, साहित्यकार एन बी जनकपुरी हुनुहुन्थ्यो ।
उमा दाहाल, सरिता धमला, खडानन्द लुइँटेल, रञ्जु दाहाल, कृष्णबहादुर कार्की, कविता पोखरेल, चेतनाथ गुप्तीलगायतकाे सहभागितामा घटराज भट्टराईको तस्बिरमा प्रमुख अतिथि कोषराज न्यौपाने लगायत अतिथिबाट पुष्प अर्पण गरिएको थियो ।
त्यसैगरी उपस्थित पाहुनालाई प्रयागराज वाशिष्ठले स्वागत गर्नुभएको थियो । कविहरूले घटराज भट्टराईप्रति श्रद्धा व्यक्त गर्दै आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । साहित्यकार सुशीला शर्मा धमलाले अत्यन्तै रमाइलोसँग कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उपस्थित पाहुनालाई बेलाबेलामा चिया, पानी, सलाद, चिसोका साथै विभिन्न परिकार सहितको खाजा र सगुन मिठाइ समेत व्यवस्थापनमा प्रयागराज भट्टराई र उहाँका परिवार जनको सकृयता रह्यो ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले कार्यक्रमको प्रशंसा गर्दै घटराज भट्टराईप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । सभापति डिल्लीप्रसाद मूलतिहुनले साहित्यकार घटराज भट्टराई लगायत ओखलढुंगाका दिवंगत पाँच साहित्यकारलाई श्रद्धासुमन, एक कविता वाचन र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएर गोष्ठीको समापन गर्नुभएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































